अमेरिकाको फ्लोरिडामा १२ तले आवासीय भवन भत्किँदा एक जनाको ज्यान गयो, ९९ बेपत्ता

११ असार ७८, शुक्रबार

११ असार, एजेन्सी ।

Advertisement

अमेरिकाको फ्लोरिडामा आवासीय भवन भत्किँदा एक जनाको ज्यान गएको छ । ३५ जनाको उद्धार भएको छ ।

फ्लोरिडाको मायामी शहरमा १२ तलाको एक आवासीय भवन भत्किएको हो । भवन भत्किनुको कारण भने खुलेको छैन । भवन भत्किँदा त्यहाँ कति जना थिए भन्ने बारे खुलेको छैन । भवनमा बस्दै आएकामध्ये ९९ जना हराइरहेका बीबीसीले जनाएको छ ।

Advertisement

त्यहाँ उद्धारको काम भइरहेको छ । सन् १९८० मा बनेको यो भवनमा २ सय ३० वटा फ्ल्याट छन् । यसमध्ये आधाजसो भागमा असर परेको खबरमा उल्लेख गरिएको छ । भवनको छतमा निर्माणको काम भइरहेका बेला भवन भत्किएको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top