काठमाडौं उपत्यकामा अझै एक साता निषेधाज्ञा थप्ने तयारी

२० असार, काठमाडौं ।

कोभिड–१९ संक्रमणको जोखिम कम गर्न काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एकसाता थप्ने तयारी भएको छ ।

त्यसका लागि छलफल गर्न आइतबार दिउँसो ३ बजे काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरु को संयुक्त बैठक बस्दैछ ।

Advertisement

‘आज ३ बजे हामी बैठक बस्दै छौं, निषेधाज्ञा थप्नेबारे छलफल हुनेछ, सार्वजनिक यातायात खुलाउने भन्नेबारे स्वास्थ्य मन्त्रालयबाट प्राप्त सुझावमाथि छलफल हुनेछ अनि एउटा निष्कर्षमा पुग्छौं’ भक्तपुर सीडीओ प्रेमप्रसाद भट्टराईले भने ।

जारी निषेधाज्ञा सोमबार राति १२ बजेबाट सकिँदै छ।

Advertisement

भट्टराईका अनुसार थप क्षेत्र खुला गर्ने विषयमा पनि विज्ञहरूसँग सरसल्लाह भइरहेको छ। २५ सिटभन्दा कम क्षमताका सार्वजनिक यातायात र लामो दूरीको यातायात खुलाउनेबारे सीडीओहरुले छलफल गर्ने तयारी गरेका छन् ।

यसअघि २५ सिटभन्दा माथिको सार्वजनिक यातायातमा जोर–विजोरसहित अहिले पसलहरुलाई निश्चित समय खुल्न दिएर निषेधाज्ञा खुकुलो तुल्याइएको छ । निषेधाज्ञा लागु भैरहेपनि संक्रमण दरमा उल्लेखनीय गिरावट आएको छैन । संक्रमण दर स्थिर हुँदा यसले निषेधाज्ञा खुकुलो तुल्याउन थप चुनौति सिर्जना गरिरहेको छ ।

काठमाडौं उपत्यकामा गत वैशाख १६ बाट सुरु भएको निषेधाज्ञा पकट–पकट अवधि थपेर लम्ब्याउने क्रम जारी छ।

Advertisement

भर्खरको समाचार

शिशिर–वाङ यी वार्ताः बीआरआईबारे के भयो कुरा ?

723918504_979261438222117_2022056077324511840_n

स्पेनलाई हायलकायल पार्दै ४० वर्षीय भोजिन्हाको जादु चलेपछि….

Vozinha

बी–५२ बमवर्षक अमेरिकामै दुर्घटनामा परेर भयो खरानी

97a8a2a2-6311-44f1-8b46-307947a9088c

प्रधानमन्त्रीको निर्देशनमा नाकामा रोकिएका ‘बिवाइडी’का गाडी फुकुवा

byd-korla

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

फिफा विश्वकपःडिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

Picture1

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

सम्बन्धित समाचार

Scroll to Top