×

NEPAL TIMES UPDATES

Playing
सुगौली सन्धि र कालीको मुहानःतथ्यले भन्छ नेपालको,भारत भन्छ ’हाम्रो’|| Nepal Times
Apr 26, 2026
Playing
इरानबाट अमेरिकालाई भारी क्षति, किन लुकाउन खोजिरहेका छन् ट्रम्प ?|| Nepal Times
Apr 26, 2026
Playing
‘ह्वाइट हाउस डिनर’मा गो ली हा न्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घा तक हतियार || Nepal Times
Apr 26, 2026
Playing
Top 15 Afternoon News || April-26-2026 || Nepal Times
Apr 26, 2026
Playing
मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर || Nepal Times
Apr 26, 2026
Playing
यो साताभर वर्षाको सम्भावना || Nepal Times
Apr 26, 2026
Playing
डोजरदेखि निर्णयसम्मः बालेन सरकारको पहिलो महिनामा छिटो निर्णय, गहिरो बहस|| Nepal Times
Apr 26, 2026
Playing
१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?|| Nepal Times
Apr 26, 2026
Playing
ह्वाइट हाउसको रात्रिभोजमा गो*लीबारी, ट्रम्पको आकस्मिक उद्धार|| Nepal Times
Apr 26, 2026
Playing
वैशाख १२ को एक दशकः भत्किएका संरचना कति बने, कति बाँकी? || Nepal Times
Apr 25, 2026

साइबर सुरक्षामा नेपालको फड्को

२० असार २०७८

२० असार, काठमाडौं ।

विश्वव्यापी साइबर सुरक्षाको तुलनामा नेपालले आफ्नो स्तर सुधार गरेको छ । अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्गठन (आईटीयू)ले हालै सार्वजनिक गरेको साइबर सुरक्षा सूचक २०२० प्रतिवेदनअनुसार नेपाल ९४औँ स्थानमा रहेको छ ।

Advertisement
Advertisement

आईटीयूले सन् २०१८ मा सार्वजनिक गरेको यस्तै प्रतिवेदनमा नेपाल १०९औँ स्थानमा थियो अर्थात् नेपाल दुई वर्षको अन्तरमा यस्तो सूचकमा १५ स्थान माथि उक्लिएको छ । प्रतिवेदनले नेपालमा साइबर सुरक्षासँग सम्बन्धित कानुनी व्यवस्थामा सुधार आएको उल्लेख गरेको छ ।

जुन सूचकमा नेपालले १५.६१ अङ्क हासिल गरेको छ । साइबर सुरक्षा जाँचका लागि प्रयोग गरिएका अन्य सूचकमध्ये क्षमता विस्तारमा ९.६०, सङ्गठनात्मक मापदण्डमा ९.५८ र प्राविधिक मापदण्डमा केवल ५.९४ अङ्क प्राप्त गरेको छ ।

साइबर सुरक्षाको सन्दर्भमा सरकारले पछिल्लो समय विभिन्न पहल पनि गरिरहेको छ । हालै मात्र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले साइबर सुरक्षा नीतिको मस्यौदा सार्वजनिक गरिसकेको छ । उक्त मस्यौदाउपर सरोकारवालाबाट सुझाव सङ्कलन गरिसकेको अवस्था छ ।

त्यस्तै दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले पनि साइबर सुरक्षा विनियमावली तयार गरेर कार्यान्वयनमा ल्याएको छ । यसबाहेक साइबर सुरक्षासँग सम्बन्धित सूचना सम्पे्रषण तथा आवश्यक कानुनको मस्यौदा निर्माणमा पनि प्राधिकरणले पहल गरिहेको छ । सरकारले साइबर सुरक्षा तथा चुनौतीसँग जुध्न आकस्मिक सहायता समूहसमेत गठन गरेको छ ।

प्रतिवेदनअनुसार सार्क क्षेत्रभित्र मात्र भने नेपाल केही कमजोर देखिएको छ । सार्क क्षेत्रमा नेपाल पाँचौँ स्थानमा रहेको छ । सूचीको सबैभन्दा अगाडि रहेको भारत विश्वभर दसौँ स्थानमा परेको छ । त्यसपछि बङ्गलादेश ५३, पाकिस्तान ७९ र श्रीलङ्का ८३औँ स्थानमा रहेका छन् ।

नेपालपछि रहेको भुटान १३४औँ स्थानमा छ भने अफगानिस्तान १७१औँ स्थानमा छ । साइबर सुरक्षाको यो सूचीमा १८२ वटा देश समेटिएका छन् । विश्वभर सबैभन्दा राम्रो साइबर सुरक्षा रहेको मुलुकमा रूपमा संयुक्त राज्य अमेरिका सबैभन्दा अगाडि छ । त्यसपछि बेलायत, साउदी अरब, इस्टोनिया र दक्षिण कोरिया क्रमशः दोस्रोदेखि पाँचौँ स्थानमा रहेका छन् ।

Advertisement

यमन, भ्याटिकन, माइक्रोनेसिया प्रतिवेदनको सबैभन्दा पुछारमा रहेका छन् तर यी देशबाट तथ्याङ्क सङ्कलन नभएको प्रतिवेदनमा स्पष्ट उल्लेख छ ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top