चीनले आफ्नो विकास चाहेको सी चिनफिङको भनाइ

२१ असार ७८, मंगलबार

२२ असार, एजेन्सी ।

चीनका राष्ट्रप्रमुख सी चिनफिङले फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन र जर्मनीका चान्सलर एन्गेला मर्केलसँगको भिडियो सम्मेलनमा चीनले अरूको स्थान कब्जा गर्न नचाहेको तर आफ्नो विकासमा दृढ रहेको बताएका छन् ।

सम्मेलनमा उनले विश्व महामारीको परिस्थिति अझै गम्भीर रहिरहेको तथा आर्थिक पुनरुत्थानको सम्भावना राम्रो नभएको बताएको बुझिएको छ ।

विश्वले पारस्परिक रुपमा सम्मान र सहकार्य गर्नुपर्ने कुरामा जोड दिँदै उनले चीनले आफ्नो सर्वाङ्गीण विकास गर्ने अग्रसर रहेको तर अरुलाई प्रतिस्थापन गर्न नचाहने कुरा व्यक्त गरे ।

उक्त अवसरमा उनले दुबै राष्ट्रका नेताहरूसँग ‘बेल्ट एण्ड रोड’ मा सहकार्यका लागि विश्व समुदायलाई प्रस्ताव प्रस्तुत गर्नुको उद्देश्य साझा विकासको मौकाको सिर्जना गरेका बताए । यूरोपले अन्तर्राष्ट्रिय मामिलामा सकारात्मक भूमिका निर्वाह गर्ने, विश्व शान्ति, विकास र समृद्धिको संयुक्त रुपमा संरक्षण गर्ने आशा पनि राष्ट्रपति सीले भने ।

यसैबीच फ्रान्सका राष्ट्रपति म्याक्रोनले फ्रान्सले चीनसँग विश्व व्यापार संगठनको सुधार, जलवायु परिवर्तनको सामना, जैविक विविधताको संरक्षण आदि क्षेत्रहरूमा घनिष्ठ सम्पर्क गर्ने आशा लिएको बताएको बुझिएको छ ।

जर्मन चान्सलर मर्केलले जर्मनीले चीनसँग खोपको निष्पक्ष उत्पादन र वितरण, मानिसको पुनःआवत–जावत तथा व्यापार आदानप्रदानका लागि सहकार्यका लागि अह्वान गरिन् ।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top