सुनसरीमा एक सय ५० किलो गाँजासहित दुई जना पक्राउ

२१ असार ७८, मंगलबार

२२ असार, मोरङ ।

Advertisement

सुनसरीमा प्रहरीले एक सय ५० किलो गाँजासहित दुई जना पक्राउ परेका छन् । बराह क्षेत्र नगरपालिका वडा नम्बर ८ चतराबाट भूपेन राय र अमिर लिम्बु पक्राउ परेका प्रहरीले जनाएको छ ।

एउटा कार र एउटा मोटरसाइकलमा राखेर ओसारपसार गरिरहेका बेला गाँजासहित उनीहरू पक्राउ परेका हुन् । उनीहरूको साथबाट एउटा नक्कली पेस्तोल पनि फेला परेको छ ।

Advertisement

जाँचका क्रममा दुई जना भागेका र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top