जर्मनीले नेपालसहितका पाँच राष्ट्रबाट हुने यात्रा प्रतिबन्ध हटाउँदै

२१ असार ७८, मंगलबार

२२ असार, एजेन्सी ।

जर्मनीले नेपालसहितका राष्ट्रमाथि लगाइएको यात्रा प्रतिबन्ध खुला गर्ने भएको छ । कोभिड १९ महामारी र डेल्टा स्वरुपको सङ्क्रमण फैलिएको राष्ट्रहरुबाट जर्मनीले आगमन निषेध गरेको थियो ।

बीबीसीका अनुसार जर्मनीले नेपाल, भारत, रुस, पोर्चुगल र बेलायतको यात्रा प्रतिबन्ध खुला गर्न लागेको हो । जर्मनीले नेपालसहितका यी पाँच राष्ट्रमा डेल्टा प्लस र डेल्टा स्वरुपको तीब्र सङ्क्रमण फैलिएकोले ‘भाइरस भेरिएन्ट क्षेत्र’को वर्गीकृत गरेको थियो । आगामी बुधबारबाट यी राष्ट्रका नागरिकले जर्मनीको यात्रा गर्न पाउनेछन् ।

कोभिड १९ बिरुद्धको पूर्ण खोप लिएकाले भने क्वारेन्टिनमा समेत बस्नु पर्ने छैन् । यद्दपी खोप नलगाएका ब्यक्तिले भने दश दिनसम्म क्वारेन्टिनमा बस्नुपर्नेछ । तर क्वारेन्टिनमा बसिरहँदा पाँचौं दिनभित्रै रिपोर्ट निगेटिभ आए क्वारेन्टिन अन्त्य गर्न पाउनेछन् ।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसले सबै प्रकारको कोभिड सतर्कताका उपायहरु हटाउन लागेको बताउनुभएको भोलिपल्ट जर्मनीले यस्तो निर्णय गरेको हो । जर्मनीको रोबर्ट कोच इन्स्टिच्युटले सोमबार यात्रा प्रतिबन्ध लागेका राष्ट्रलाई अब भने ‘हाइ इन्सिडेन्स एरियाज’मा राखिएको जनाएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top