आर्थिक रुपान्तरणमा महिला सहभागिता आवश्यक छ – प्रदेश प्रमुख पौडेल

२१ असार ७८, मंगलबार

२२ असार, पोखरा ।

Advertisement

गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले महिला सहभागिताबाट मात्र आर्थिक रुपान्तरण सम्भव हुने बताएकी छन् ।

पोखराका महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)का टोलीसँगको भेटघाट कार्यक्रममा उहाँले पोखरा प्रसिद्ध पर्यटकीय नगरी भएको जनाउँदै यसको दिगो विकासका लागि महिला पर्यटन व्यवसायीको सहभागिता पनि अपरिहार्य रहेको जनाएकी हुन् ।

Advertisement

उनले गण्डकी प्रदेश पर्यटनका लागि उत्कृष्ट गन्तव्य भएकाले यहाँको प्राकृतिक, सांस्कृतिक र सामाजिक पक्षलाई उचित व्यवस्थापन गर्दै जनसहभागितामूलक र दिगो विकासकाका लागि नयाँ सोचको आवश्यकता औँल्याइन् ।

“महिला बिहानदेखि बेलुकासम्म श्रममा खटिन्छन्, तर श्रमको मूल्याङ्कन हुनसकेको छैन, श्रमको मूल्याङ्कन नभएसम्म महिलाको सम्मान पनि हुँदैन”, उनले भनिन् ।

Advertisement

उनले पछिल्लो समय हरेक क्षेत्रमा महिला सशक्त भएर अघि बढे पनि कार्यकारी र नेतृत्व तहमा महिलाको सहभागिता अझै न्यून रहेको बताइन् । कार्यक्रममा संस्थाका अध्यक्ष पार्वती पाण्डेले कोभिड–१९ ले पर्यटन क्षेत्रमा पारेको प्रभाव, मौद्रिक नीतिको कार्यान्वयनमा देखिएको जटिलता र खोप सुनिश्चितता नभएसम्म व्यवसाय सञ्चालन गर्न सहज नभएको विषयमा जानकारी गराएकी थिइन् ।

संस्थाका संस्थापक अध्यक्ष जमुना पराजुलीले संस्था स्थापनाको उद्देश्य र संस्थागत रुपमा गरेका कार्यबारे प्रदेश प्रमुखलाई जानकारी गराएकी थिइन् ।

संस्थाका सल्लाहकार देवका पहारी, दुर्गा ढकाल, नर्मला कँडेल, उपाध्यक्ष उमा भण्डारी, सदस्य शर्मिला न्यौपाने लगायतले पर्यटन क्षेत्रमा महिला सहभागिताको अवस्था, व्यवसाय सञ्चालनमा कठिनाइ, बैंक तथा वित्तीय संस्थाबाट महिलाले कर्जा लिन भोग्नु परेका झन्झट लगायतका विषयमा जानकारी गराएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top