जितेन्द्र साह हत्या आरोपमा तीन जना पक्राउ

जितेन्द्र साह हत्या आरोपमा तीन जना पक्राउ

२२ असार, काठमाडौंं ।

महोत्तरीका जितेन्द्र साहको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

गएको आइतवार चन्द्रागिरि नगरपालिका वडा नम्बर ३ थानकोटमा महोत्तरीको जलेश्वरका २० वर्षीय जितेन्द्र साह धारिलो हतियारले आक्रमण गरेर गम्भीर घाइते भएको अवस्थामा भेटिएका थिए । उनको उपचारका क्रममा हिजो (सोमवार) बिहान ट्रमा सेन्टरमा ज्यान गएको थियो ।

साहको हत्या गरेको आरोपमा प्रहरीले थानकोटका सोमलाल गोपाली र उनका छोरा साहिल गोपाली तथा मकवानपुर दामनका मनोज दोङ तामाङलाई पक्राउ गरेर आज सार्वजनिक गरेको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.