अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा

२२ असार ७८, बुधबार

२३ असार, काठमाडौं ।

Advertisement

अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । बिहान कोलम्बियालाई हराउँदै अर्जेन्टिना फाइनलमा पुगेको हो ।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा टुङ्गिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । पेनाल्टी सुटआउटमा अर्जेन्टिनाका लागि लियोनल मेस्सी, लौटारो मार्टिनेज र लियोनार्दो डेनियल पेरेडेसले एक÷एक गोल गरेका थिए ।

Advertisement

अर्जेन्टिनाका रोड्रिगो डी पाउल भने गोल गर्न चुके । यसअघि खेलको सातौं मिनेटमा लोउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई १–० को अग्रता दिलाएका थिए ।

कोलम्बियाले भने खेलको ६१ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा पुर्याएको थियो । त्यसपछि दुवै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । अर्जेन्टिनाले अब उपाधिका लागि ब्राजिलसँग खेल्नेछ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top