बौद्धबाट साढे १४ लाख रुपैयाँसहित २८ जुवाडे पक्राउ

२२ असार ७८, बुधबार

२३ असार,काठमाडौ ।

Advertisement

काठमाडौको बौद्धबाट साढे १४ लाख रुपैयाँसहित २८ जना जुवाडे पक्राउ परेका छन् ।

काठमाण्डौ महानगरपालिका वडा नम्बर ६ बौद्धमा वाङचु शेर्पाको घरमा पैसाको हार÷जित हुने गरी जुवा र कौडा खेलिरहेको भन्ने प्राप्त सूचनाका आधारमा छापा मार्दा १४ लाख ५९ हजार रुपैयाँसहित २८ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

Advertisement

उनीहरूको साथबाट एक लाख ८० रुपैयाँको चेक, ११ हजार भारतीय रुपैयाँ, ३० थान कौडा, ३५ बुक तास लगायतका सामग्री पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top