दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोबद्वारा प्रहरी समक्ष आत्मसमर्पण

२३ असार ७८, बिहीबार

२४ असार, एजेन्सी ।

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमाले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।

अदालतको अवहेलना सम्बन्धी मुद्दामा जेल सजाय काट्नका लागि ७९ वर्षका उनले आत्मसमर्पण गरेका हुन् । क्वाजुलु–नाताल प्रान्तमा रहेको आफ्नो घर नजिकैको जेलमा उनी गएका बीबीसीले जनाएको छ।

प्रहरीले आत्मसमर्पण नगरे पक्राउ गर्ने चेतावनी दिएको थियो । भ्रष्टाचार सम्बन्धी मुद्दाको सुनुवाइका लागि अदालत उपस्थित हुन भनिए पनि नगएका उनलाई गएको हप्ता १५ महिनाको जेल सजाय भएको थियो । दक्षिण अफ्रिकाको इतिहासमा पूर्व राष्ट्रपति जेल चलान भएको यो पहिलो पटक हो ।

उनी ९ वर्ष सत्तामा रहँदा भएको भ्रष्टाचारका सम्बन्धमा अनुसन्धानका लागि आवश्यक प्रमाण दिन गर्न दिएको आदेश उनले मानेका थिएनन् । उनको नेतृत्वका बेला निर्णय लिने प्रक्रिया प्रभावित पार्नका लागि साँठगाँठ गरेको आरोप लगाइएको छ । तर उनले यसको खण्डन गर्दै आफू राजनीतिक षड्यन्त्रको सिकार हुन पुगेको बताउँदै आएका छन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top