काठमाडौँ महानगरले कोरोनाका कारण राजस्वको लक्ष्य भेट्न कठिन

२५ असार, काठमाडौं ।

कोभिड–१९ को महामारीका कारण काठमाडौँ महानगरपालिकालाई चालू आवमा राजस्व सङ्कलन र खर्चको लक्ष्य पूरा गर्न कठिन हुने भएको छ ।

चालू आवमा कोभिड सङ्क्रमणको पहिलो लहर र दोस्रो लहर दुवैको असर परेकाले लक्ष्यमा पुग्न कठिन भएको बताइएको छ । कोभिड–१९ को सङ्क्रमण समुदायस्तरमा फैलिएपछि सिर्जना भएको अवस्थाका कारण लक्ष्य पूरा गर्न कठिन भएको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए।

प्रवक्ता डङ्गोलले भने, “कामपाले चालू आव २०७७÷७८ का लागि रु १६ अर्ब ४२ करोड ७३ लाख आय अनुमान गरेर सोही अनुरूप बजेट विनियोजन गरिएको थियो ।

जसमा बैंक मौज्दात रु तीन अर्ब ५० करोड थियो । यसबाहेक आन्तरिकतर्फ रु ६ अर्ब ६५ लाख अनुमान गरिएको थियो । त्यसमध्ये रु चार अर्ब ६३ करोड ८२ लाख प्राप्त भएको छ । निःशर्त अनुदान बाह्यतर्फ रु एक अर्ब ४२ करोड ४८ लाख अनुमान गरिएकामा ५४ करोड ७८ लाख प्राप्त भएको छ ।”

चालू खर्चतर्फ विनियोजन गरिएको रु चार अर्ब ९२ करोड ४२ लाख गत जेठ मसान्तसम्ममा रु दुई अर्ब ५९ करोड नौ लाख खर्च भएको छ । यसैगरी पुँजीगततर्फ रु आठ अर्ब ८४ करोड २३ लाख विनियोजन गरिएकोमा रु एक अर्ब तीन करोड ३६ लाख, वित्तीय क्षेत्रतर्फ रु ३७ करोड ११ लाख विनियोजन भएकामा रु आठ करोड ५० लाख खर्च भएको छ ।

विषयगत क्षेत्रअनुसार कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रका लागि रु एक अर्ब ८४ करोड ८० लाख विनियोजन भएकामा रु एक अर्ब ३५ करोड १२ लाख अर्थात् ७३ प्रतिशत खर्च भएको छ ।

सामाजिक विकास क्षेत्रतर्फ रु दुई अर्ब ५७ करोड ७८ लाख विनियोजन गरिएकोमा रु एक अर्ब नौ करोड ३९ लाख अर्थात् ४२ प्रतिशत खर्च भएको छ । पूर्वाधार क्षेत्र विकासतर्फ रु सात अर्ब ८० करोड ७३ लाख विनियोजन गरिएकोमा रु ९३ करोड ९४ लाख खर्च भएको छ ।

कामपाले आगामी आव २०७८÷७९ का लागि रु १८ अर्ब ९५ करोड ७७ लाख १२ हजार वार्षिक बजेट प्रस्ताव गरिएको छ । यही असार १० गते राष्ट्रियसभा गृहमा बसेको महानगरको नवौँ अधिवेशनको चौथो बैठकमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले प्रस्तावित बजेट पेश गरेकी हुन् ।

बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ रु तीन अर्ब ७५ करोड ७७ लाख, आर्थिक विकास क्षेत्रतर्फ रु ५५ करोड, सामाजिक विकासतर्फ रु दुई अर्ब ७० करोड, पूर्वाधार विकासतर्फ रु १० अर्ब ८० करोड र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ रु एक अर्ब १५ करोड प्रस्ताव गरिएको छ ।

प्रस्तावित बजेटमध्ये आन्तरिक आयबाट रु चार अर्ब ३४ करोड ३२ लाख व्यहोरिने छ । त्यसैगरी राजश्व बाँडफाँडबाट रु दुई अर्ब ५८ करोड २५ रहेको छ । आगामी आवको प्रस्तावित बजेटमाधि शुक्रबार थप छलफल हुनेछ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top