सन्दीप लामिछाने बेलायत प्रस्थान

२४ असार ७८, शुक्रबार

२५ असार, काठमाडौं ।

Advertisement

द हन्ड्रेड क्रिकेट प्रतियोगिता खेल्न नेपाली बलर सन्दीप लामिछाने बेलायत गएका छन्। गएराति बेलायत प्रस्थान गरेका सन्दीप त्यहाँ १० दिन क्वरेण्टीनमा बस्नेछन्।

उनको दुई पटक कोरोनाको पीसीआर परीक्षण हुनेछ । जसमा नेगेटिभ रिपोर्ट आएपछि सन्दीप टिममा सामेल हुनेछन् । द हन्ड्रेड प्रतियोगितामा सन्दीप ओभल इन्भिन्सिबलबाट खेल्नेछन् ।

Advertisement

यो प्रतियोगिता आउँदो २२ तारिखदेखि हुनेछ । यसअघि बेलायतको भिसा ढिला आएको कारण सन्दीपले भाइटालिटी टी–ट्वान्टी ब्लास्ट क्रिकेट भने गुमाएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top