नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा

२४ असार ७८, शुक्रबार

२५ असार, चितवन ।

Advertisement

भरतपुर महानगरपालिका–२९ सेतीदोभानमा खसेको पहिरो पन्छाएसँगै सवारी आवागमन पुनः सञ्चालन भएको छ ।

बुधबार राति १० बजेदेखि पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक आज बिहान ५ः३० देखि एकतर्फी सञ्चालनमा आएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो पन्छाएसँगै रोकिएका सवारी साधनहरु गन्तव्यतर्फ लागेका छन् ।

Advertisement

सो स्थानमा वर्षा शुरु भएसँगै पटक–पटक पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको छ । एक साताभन्दा बढी समयदेखि सो ठाउँमा पटक–पटक पहिरो खसेर दुःख दिइरहेको छ । पानी परे लगत्तै पहिरो खस्ने समस्या छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top