तनहुँका विभिन्न ठाउँका १७८ घरपरिवार पहिरोको उच्च जोखिममा

२५ असार, तनहुँ । गएको बुधवारदेखि परेको लगातारको वर्षापछि तनहुँका विभिन्न ठाउँका १७८ घरपरिवार पहिरोको उच्च जोखिममा रहेका छन् ।

घर जोखिममा रहेपछि आमा समूह, विद्यालय, छिमेकी र आफन्तजनकोमा शरण लिन बाध्य भएका छन् । बन्दिपुर गाउँपालिकामा मात्रै १३२ र ऋषिङ गाउँपालिकामा ४६ गरी यस सङ्ख्याका घरपरिवार विस्थापित भएका छन् ।

यस गाउँपालिकाको वडा नं २ मा रहेको खहरे खोलाले पाँच घर बगाएको छ । त्यसैगरी धारापानी, रामकोट र कल्चोकमा गरी त्यस सङ्ख्याका घरपरिवार विस्थापित भएका हुन्।

घटना भएको जानकारी पाएसँगै उपाध्यक्ष करुणा गुरुङको नेतृत्वमा बाढी पहिरोबाट प्रभावितलाई भेटघाट गरी सुरक्षित ठाउँमा स्थानान्तरणका लागि पहल गरिएको छ । जोखिममा रहेका घरमा नबस्न र सुरक्षित ठाउँमा गएर बस्न आग्रह गरिएको उपाध्यक्ष गुरुङले बताए ।

त्यसैगरी बन्दिपुर गाउँपालिका–१ मा रहेको कौसिनी छाप ठाडो खहरे खोलाले आसपास क्षेत्रका ६० घर परिवार पहिरोको कारण उच्च जोखिममा परेका वडाध्यक्ष भानुभक्त पोखरेलले जानकारी दिए ।

सुरक्षित ठाउँमा एकीकृत बस्ती विकास गरी स्थानान्तरणका लागि पहल गरिदिन स्थानीय नरबहादुर चेपाङले आग्रह गरेको उनले बताए । त्यसैगरी ऋषिङ गाउँपालिका–५ मा १२ घर परिवार विस्थापित हुने अवस्थामा रहेका छन् ।

नेत्रबहादुर पाटा, धनबहादुर सोती, सुकबहादुर दरै लगायतका करिब ४६ घर परिवार उच्च जोखिममा रहेको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए । उनका अनुसार ६ घरमा पूर्ण र ४० घरमा आंशिक क्षति भएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top