माओवादी केन्द्रले भन्यो – पार्टी खारेजीको माग हास्यास्पद

२५ असार ७८, शुक्रबार
Share this
709shares

२५ असार, काठमाडौं ।

Advertisement

नेकपा माओवादी केन्द्रले पार्टीसँग कुनै सरोकार नराख्ने व्यक्तिले दल दर्ता र खारेजी भन्दै दुष्प्रचार गरेकोमा आपत्ति जनाएको छ ।

पूर्व माओवादी केन्द्रका नेताहरुले मानओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएपछि माओवादी केन्द्रले शुक्रबार विज्ञप्ति जारी गर्दै निवेदन दिने व्यक्ति पार्टीमा सरोकार नै नराख्ने भएको स्पस्ट पारेको छ ।

Advertisement

माओवादीले पार्टी खारेजीको माग हास्यास्पद भएको बताएको छ । ‘हाम्रो पार्टीसँग कुनै पनि सरोकार नराख्ने व्यक्ति निवेदक रहेको र दल दर्ता र दल खारेजी सम्बन्धी सामान्य कानूनी प्रक्रियासमेत जानकारी नभएको व्यक्तिले यस्तो हरकत गर्नु हास्यास्पद देखिन्छ,’ माओवादी केन्द्रीय कार्यालयका कार्यलय सचिव श्रीराम ढकालले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘केही अवसरवादी, स्वार्थी, लालची, अनैतिक तत्वले यस प्रकारको दुष्प्रचार गरी पार्टीलाई बदनाम गराउन सकिन्छ भन्ने मनशायले उक्त कार्य गर्न गराउन प्रयत्न गरेको देखिन्छ ।

संविधान, कानुन, विधि, विधान विपरित दुष्प्रचार गरिएकोमा पार्टीका सम्पूर्ण अंग नेता कार्यकर्ता, शुभचिन्तक भ्रममा नपर्न आग्रह गर्दछौं ।’

Advertisement

पार्टीले संविधान, कानुन र विधिविधान विपरित दुष्प्रचार गरेकोमा पाटीका नेता कार्यकर्ता र शुभचिन्तकहरुलाई भ्रममा नपर्न आग्रह समेत गरेको छ । ‘हाम्रो पार्टी त्यस्तो कुनियतको दुष्प्रचारलाई खारेज गर्दछ’ विज्ञप्तीमा भनिएको छ ।

बुधवार माओवादी केन्द्र अवैधानिक भन्दै नेताहरु टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापाहरुले उजुरी दर्ता गराएका थिए । आज पनि सोबारे बुझ्न आयोग पुगेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top