२५ असार, काठमाडौं ।
नेपाल एएफसी यू–२३ एसियन कप छनोटमा समूह ‘बी’ मा परेको छ । उज्वेकिस्तानमा सन् २०२२ मा आयोजना हुने एएफसी यू–२३ एसियन कप छनोटमा नेपाल समूह ‘बी’मा परेको हो ।
एसियन फुटबल फेडेरेसन (एएफसी)ले शुक्रबार सार्वजनिक गरेको छनोटको समूह विभाजनमा नेपाल समूह ‘बी’ मा परेको हो । नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान रहेका छन् ।
२०२२ को जुन १–१९ सम्म हुने छनोटमा सहभागी ४२ टोलीलाई ११ समूहमा विभाजन गरिएको छ । छनोटका ११ समूहको शीर्ष टोलीले एएफसी यू–२३ एसियन कप खेल्नेछन् । यस्तै, दोस्रो टोली मध्ये उत्कृष्ट चार टोली पनि यू–२३ एसियन कपमा छनोट हुनेछन् ।