×

NEPAL TIMES UPDATES

Playing
सुगौली सन्धि र कालीको मुहानःतथ्यले भन्छ नेपालको,भारत भन्छ ’हाम्रो’|| Nepal Times
Apr 26, 2026
Playing
इरानबाट अमेरिकालाई भारी क्षति, किन लुकाउन खोजिरहेका छन् ट्रम्प ?|| Nepal Times
Apr 26, 2026
Playing
‘ह्वाइट हाउस डिनर’मा गो ली हा न्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घा तक हतियार || Nepal Times
Apr 26, 2026
Playing
Top 15 Afternoon News || April-26-2026 || Nepal Times
Apr 26, 2026
Playing
मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर || Nepal Times
Apr 26, 2026
Playing
यो साताभर वर्षाको सम्भावना || Nepal Times
Apr 26, 2026
Playing
डोजरदेखि निर्णयसम्मः बालेन सरकारको पहिलो महिनामा छिटो निर्णय, गहिरो बहस|| Nepal Times
Apr 26, 2026
Playing
१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?|| Nepal Times
Apr 26, 2026
Playing
ह्वाइट हाउसको रात्रिभोजमा गो*लीबारी, ट्रम्पको आकस्मिक उद्धार|| Nepal Times
Apr 26, 2026
Playing
वैशाख १२ को एक दशकः भत्किएका संरचना कति बने, कति बाँकी? || Nepal Times
Apr 25, 2026

दलित समुदायमा लैङ्गिक हिंसाका घटना बढी

२५ असार २०७८

२५ असार, बाग्लुङ ।

बाग्लुङमा लैङ्गिक हिंसाका घटनामा पुरुषसमेत पीडित हुने गरेका छन् । पछिल्लो समय बागलुङमा लैङ्गिक हिंसाका घटना बढ्दै गएकामा क्रमशः पुरुष समेत हिंसामा परेको तथ्याङ्क सार्वजनिक भएको छ ।

Advertisement
Advertisement

बागलुङमा लैङ्गिक हिंसामा परेर प्रहरी चौकी, अस्पताल पुग्ने र पुनःस्थापना हुनेको तथ्याङ्क हेर्ने हो भने लैङ्गिक हिंसा पीडितमध्ये केही पुरुषसमेत रहेका छन् ।

लैङ्गिक हिंसामा पर्ने जातजाति समुदायमध्ये धेरै दलित समुदायबाट लैङ्गिक हिंसाका घटना भएको पाइएको छ । शैक्षिकस्तर कम हुनु, चेतनाको कमीलगायतका कारण दलित समुदायका महिला तथा पुरुषमा लैङ्गिक हिंसाका घटना बढी मात्रामा भएको देखिएको छ ।

लैङ्गिक हिंसा पीडितको परामर्श, उपचार तथा पुनःस्थापना गर्दै आएको धौलागिरि अस्पताल बागलुङमा स्थापित एकद्वार सङ्कट व्यवस्थापन केन्द्रले वर्षेनी लैङ्गिक हिंसाका घटना बढ्दै गएको र यसमा पनि दलित समुदायका बढी पीडित हुने गरेको तथ्याङ्क सार्वजनिक गरेको छ ।

केन्द्रले सार्वजनिक गरेको तथ्याङ्कमा आर्थिक वर्ष २०७५÷७६ सम्म लगातार बढ्दै आएको लैङ्गिक हिंसा पीडितका घटनामा २०७७÷७८ मा केही घटेको पाइएको थियो ।

कोरोना भाइरसका कारण लैङ्गिक हिंसाका घटना अस्पताल र प्रहरीसम्म आउन नसकेको लैङ्गिक हिंसा पीडितको परामर्श, उपचार तथा पुनःस्थापना गर्दै आएको धौलागिरि अस्पताल बागलुङमा स्थापित एकद्वार सङ्कट व्यवस्थापन केन्द्रका प्रमुख परामर्शदाता देवी भट्टराईले जानकारी दिए ।

“तथ्याङ्कका आधारमा आव २०७५÷७६ सालमा ११६ महिला तथा २० पुरुष गरी १३६ जनामा लैङ्गिक हिंसा भएको थियो, त्यसपछि २०७६÷७७ मा घटेर ८७ पुगेको थियो”, भट्टराईले भने, “आव २०७७÷७८ को असार २१ गतेसम्म ८६ लैङ्गिक हिंसाका घटना भएका छन्, कोरोनाका कारण केही लैङ्गिक हिंसाका घटना घरमै सीमित रहेको अनुमान छ ।”

पछिल्लो समय लैङ्गिक हिंसाका घटना महिला पुरुषले सहेर बस्ने अवस्था नरहेका कारण दिनानुदिन यी घटना बाहिर आइरहेको भए पनि कोरोनाका कारण तथ्याङ्कमा भने केही कमी आएको उहाँको भनाइ छ ।

हिंसा पीडितको तथ्याङ्कअनुसार अधिकांश १४ देखि ५९ वर्ष उमेर समूहका महिला र पुरुष हिंसामा पर्दै आएका छन् । लैङ्गिक हिंसामा परेकालाई उद्धार, परामर्श, औषधोपचारदेखि पुनःस्थापनासम्मको काम गर्दै आएको केन्द्रले निःशुल्क खान र बस्न र यातयातको सुविधासमेत प्रदान गर्दै आएको छ ।

विसं २०७७÷७८ मा बलात्कार १०, यौन हिंसा १९, मानसिक दबाब ३१, घरेलु हिंसा २३, हातपातका जम्मा तीन वटा घटना भएका थिए । यसमा पुरुष भने मानसिक दबाब, घरेलु हिंसा तथा हातपातमा पीडित भएका छन् । चालु आवमा पीडित भएका ८६ घटनामध्ये ७७ बागलुङका, चार पर्वतका र पाँच म्याग्दी जिल्लाका छन् । जातजातिअन्तर्गत सबैभन्दा बढी दलित ४४ जना, जनजाति २२ जना, ब्राह्मण क्षति २० जना पीडित भएको तथ्याङ्कमा उल्लेख छ ।

Advertisement

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top