कारखानामा आगलागी हुँदा बङ्लादेशमा ५२ जनाको मृत्यु

२४ असार ७८, शुक्रबार

२५ असार, एजेन्सी ।

बङ्लादेशको एउटा कारखानामा आगलागी हुँदा कम्तीमा ५२ जनाको मृत्यु भएको छ । घटनामा परी अरु ३० भन्दा बढी घाइते भएको र उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरु मध्ये केहीको अवस्था गम्भीर रहेको पनि बताइएको छ ।

प्रहरीले घटनास्थलमा अरु पनि परेको हुनसक्ने भएकाले खोजी तथा उद्धार कार्य जारी नै रहेको पनि जानकारी दिएको छ । मृतकको सङ्ख्या अझै बढ्न सक्ने अनुमान पनि प्रहरीले गरेको छ । सुरक्षित नै मानिएको बङ्लादेशको औद्योगिक क्षेत्रमा रहेको उद्योगको भवनमा आगलागी भएको जनाइएको छ ।

बङ्लादेशको राजधानी ढाकामा रहेको ढाका अपार्टमेन्टमा पनि यसअघि सन् २०१९ मा भएको आगलागीका कारण कम्तीमा ७० जनाको मृत्यु भएको थियो ।अहिलेको घटना भने रुपगञ्जमा रहेको हाशेम फुड एण्ड बेभरेज कारखानामा भएको हो । घटनास्थल ढाका सहरभन्दा बाहिर औद्योगित क्षेत्रमा पर्दछ ।

घटनाका बारेमा सूचना प्राप्त हुने वित्तिकै प्रहरी गएको र सुरुमा तीन जनाको मात्रै मृत्यु भएको पुष्टि गरेको थियो । पछी उद्धार गर्दै जाँदा यो समाचार तयार लेख्दासम्म ५२ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

कतिपय व्यक्ति भने आगलागी भएपछि भवनबाट बाहिर हाम फालेको र हाम फालेका मध्ये पनि केहीको मृत्यु भएको र केही घाइते भएको पनि प्रहरीले जनाएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top