संखुवासभा, असार १८
संखुवासभाको मकालु गाउँपालिका २ याङदेममा शनिबार राती आगलागी हुँदा दशलाख बराबरको क्षति भएको छ । स्थानीय छबिलाल पराजुलीको घरमा राती २ बजे भान्साबाट अचानक आगलागी भएको हो।
आगलागीबाट उनको भान्छाघर नजिकै रहेको कोठा समेत जल्दा नगद आठ लाख, भाडावर्तन, खाधान्नहरु जलेको र अन्दाजी दश लाख बराबरको धनमाल क्षति भएको पीडितले बताएका छन।
आगोले एक वटा बाख्रा समेत मरेको बताईएको छ। आगलागी स्थानीयको सहयोगमा बिहान ३ बजे नियन्त्रणमा आएको थियो।