एमाले कार्यदलको बैठक आज पनि, सहमतिको दस्तावेजलाई अन्तिम रूप दिएर सार्वजनिक गरिने

२६ असार, काठमाडौँ ।

Advertisement

नेकपा एमालेको आन्तरिक विवाद मिलाउन गठित कार्यदलको बैठक आज पनि बस्दैछ ।

सिंहदरवारस्थित अर्थ मन्त्रालयमा शुक्रवार बसेको ७ घण्टा लामो बैठकले विवादित विषयमा सहमतिको अन्तिम मस्यौदा तयार गरेको र आज सहमतिको खाकालाई भाषिक परिमार्जन गरेर सार्वजनिक गरिने तयारी गरिएको कार्यदल सदस्य प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

Advertisement

बिहीबार नै एकताको घोषणा गर्ने तयारी गरेको कार्यदलमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको भेटवार्तापछि केही कठिनता उत्पन्न भएको थियो ।

एमाले र माओवादी एकीकरण हुँदा ओलीले आफू पक्षका ३८ र माओवादी केन्द्रबाट आएका २३ जना नेतालाई एकलौटी केन्द्रीय कमिटीमा थपेकोमा त्यसमा आफ्नो पक्षको पनि सन्तुलन हुनुपर्ने भन्दै थप माग नेपाल पक्षले अघि सारेपछि समस्या आएको थियो। तर, शुक्रबारको सघन वार्तापछि उक्त विवादमा पनि सहमति जुटेको बताइएको छ ।

Advertisement

अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच गत जेठ २ गतेको सहमतिका आधारमा गठित १० सदस्यीय कार्यदलले कार्य गरिरहेका बेला जेठ ८ गते दोस्रो पटक प्रतिनिधिसभाको विघटनएपछि एमालेमा विवाद बल्झिएको थियो ।

प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गर्ने एमालेका २३ निवर्तमान सांसदले हस्ताक्षर फिर्ता लिन आग्रह गरेका थिए भने नेता नेपालले पार्टीलाई २०७५ जेठ २ गतेको स्थितिमा सञ्चालन गर्नुपर्ने माग गर्दै आएको थियो ।

सोमबारबाट कार्यदलको बैठक जारी छ । कार्यदलमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीका तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल र शंकर पोखरेल छन्। यस्तै, वरिष्ठ नेता नेपालका तर्फबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघुजी पन्त र सुरेन्द्र पाण्डे छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top