काठमाण्डौ महानगरको आउँदो वर्षको बजेट १८ अर्ब ९५ करोड : महानगरवासीको ५० प्रतिशत बीमा शुल्क ब्यहोर्ने

२६ असार, काठमाडौं ।

काठमाण्डौ महानगरपालिकाको आउँदो आर्थिक वर्ष २०७८÷०७९ का लागि प्रस्तावित बजेट पारित भएको छ । महानगरपालिकाको हिजो बसेको नगर सभा बैठकले केही संशोधनसहित सर्वसहमतिबाट बजेट पारित गरेको हो ।

गएको असार १० गते महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आर्थिक विधेयक, २०७८ र उपप्रमुख हरिप्रभा खड्गीले आउँदो वर्षका लागि १८ अर्ब ९५ करोड ७७ लाख १२ हजारको बजेट प्रस्ताव गर्नुभएको थियो । आउँदो वर्ष महानगरवासीका लागि महानगरपालिकाले नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रममा ५० प्रतिशत बीमा शुल्क ब्यहोर्ने जनाएको छ ।

यसैगरी ज्येष्ठ नागरिक विशिष्टिकृत सेवासहितको महानगर विशेष अस्पताल सञ्चालन गर्न पनि बजेट विनियोजन भएको छ । त्यसैगरी करदाताबाट असुल हुन बाँकी रहेको आर्थिक वर्ष २०७६÷०७७ देखिको सबै प्रकारका कर बक्यौतामा लाग्ने जरिबानामा छुट गर्ने भएको छ । सम्पत्ति करमा ९० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।

महानगरका होटल, रेष्टुरेन्ट, पसल जस्ता व्यवसायले आफ्नो प्रयोजनका लागि बनाएका शौचालयमा सर्वसाधारणका लागि समेत निःशुल्क सेवा उपलब्ध गराएमा व्यवसाय करमा ५० प्रतिशत छुट दिने पनि घोषणा गरिएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top