कोपा अमेरिका फुटबलमा पेरुलाई हराउँदै कोलम्बिया तेस्रो

२५ असार ७८, शनिबार

२६ असार, काठमाडौं ।

Advertisement

कोपा अमेरिका फुटबलमा कोलम्बिया तेस्रो भएको छ । आज बिहान भएको खेलमा पेरुलाई ३–२ गोलले हराउँदै कोलम्बिया तेस्रो बनेको हो । खेलको इन्जुरी समयमा गोल गर्दै कोलम्बियाले पेरुलाई हरायो ।

खेलको ४५ औं मिनेटमा योसिमार योटुनको गोलमा पेरुले अग्रता बनाएको थियो । तर ४९ औं मिनेटमा जुआन कुआड्राडोले गोल गरी खेल बराबरीमा पुर्याए ।

Advertisement

कोलम्बियाका लुइस डियाजले ६६ औं मिनेटमा गोल गरी २–१ को अग्रता दिलाएका थिए । तर खेलको ८२ औं मिनेटमा जियानलुका लापादुलाले गोल गरी खेल बराबरीमा ल्याए ।

इन्जुरी समयमा डियाजले व्यक्तिगत दोस्रो गोल गर्दै कोलम्बियालाई जित दिलाए । कोपा अमेरिकाको उपाधिका लागि भोलि बिहान मराकाना रङ्गशालामा अर्जेन्टिना र ब्राजिल खेल्दैछन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top