हाइटीले माग्यो अमेरिका र संयुक्त राष्ट्रसंघसँग सैन्य सहयोग

२५ असार ७८, शनिबार

२६ असार, एजेन्सी ।
हाइटीले अमेरिका र संयुक्त राष्ट्रसंघसँग सैनिक सहायताका लागि अपील गरेको छ।

राष्ट्रपति जोभिनल मोइसको हत्या भएपछि देशका प्रमुख पूर्वाधारहरुको रक्षाका लागि हाइटी सरकारले अमेरिका र संयुक्त राष्ट्रसंघसँग आफ्नो देशमा सैनिक पठाउन आग्रह गरेको हो ।

अमेरिकाले भने तत्कालका लागि सैनिक सहयोग गर्ने योजना नरहेको बताएको छ । हाइटीको प्रहरीले यसअघि राष्ट्रपति मोइसको हत्यामा २८ जना विदेशी आपराधिक व्यक्तिहरुको समूह संलग्न रहेको बताएको थियो ।

राजधानी पोर्ट–ओ–प्रिन्समा भएको भिडन्तपछि १७ जना पक्राउ परेका छन् । समूहमा रहेका केही व्यक्तिहरु कोलम्बियाको सैनिक बलबाट अवकास प्राप्तहरु रहेको हाइटीले बताएको छ ।

अरु भने ताइवानको कूटनीतिक घेराबाट हाइटी प्रवेश गरेको जनाइएको छ । प्रहरीको गोली लागेर तीन अभियुक्त मारिएका छन् । अरु ८ जना भने अझै फरार रहेका छन् ।

सैन्य सहयोग तत्काल उपलब्ध गराउने योजना नरहेको बताएको अमेरिकाले अनुसन्धानका लागि संघीय अनुसन्धान ब्यूरो (एफबिआई) तथा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अधिकारीहरु भने पठाउने उल्लेख गरेको छ ।

संयुक्त राष्ट्रसंघले कुनै पनि देशमा सैनिक सहयोग पठाउनका लागि सुरक्षा परिषदबाट पारित गराउनु पर्छ ।

राष्ट्रपतिको हत्यापछि हाइटीमा अस्थिर अवस्था सिर्जना भएको छ। अमेरिकाको गरिब देशमा पर्ने हाइटीमा अहिले आपतकालीन अवस्था लागु भएको छ । राष्ट्रपति मोइसको जुलाई ७ मा उनकै घरमा हत्या भएको हो।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top