वैदेशिक रोजगारीको विवादलाई लिएर सप्तरीमा कुटाकुट, एक जनाको मृत्यु

२५ असार ७८, शनिबार

२६ असार, सप्तरी ।
वैदेशिक रोजगारमा राम्रो काम नपाएको भन्दै सप्तरीमा परिवारजन र वैदेशिक रोजगारीमा पठाउने एजेन्टबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ ।

Advertisement

सप्तरीको खडक नगरपालिका– ९, लालपट्टीमा दुई पक्षबीच कुटाकुट हुँदा ७० वर्षीय वृद्ध मो. दाउन मियाँको मृत्यु भएको छ ।

बिहीबार साँझ राजविराज नगरपालिका– ९, जगदरीका एजेन्ट मो. सनाउल मामाघर लालपट्टी पुगेका थिए । त्यही क्रममा छोरालाई वैदेशिक रोजगारीमा पठाए पनि राम्रो काम नपाएको भन्दै राति स्थानीय मो. इजराइल र एजेन्ट सनाउलबीच विवाद हुँदा कुटाकुट भएको हो ।

Advertisement

कुटाकुट हुन थालेपछि नातिलाई बचाउन पुगेका सनाउलका हजुर्बा मियाँलाई चोट लागेको थियो । घाइते भएका मियाँलाई उपचारका लागि राजविराजको छिन्नमस्ता अस्पताल लगिएकामा उपचारका क्रममा उनको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

घटनामा अर्का एक जना घाइते छन् । मियाँको मृत्यु भएसँगै घटनामा संलग्नहरू फरार छन् । उनीहरूको खोजी र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top