अमेरिकाद्वारा थप १४ चिनियाँ कम्पनीमाथि प्रतिबन्ध

२५ असार ७८, शनिबार

२६ असार, एजेन्सी ।

अमेरिकी सरकारले शुक्रबार थप १४ चिनियाँ कम्पनीलाई व्यापार प्रतिबन्धको सूचीमा राख्ने निर्णय गरेको छ ।

सिनच्याङ उइगुर क्षेत्रमा मानवअधिकार उल्लङ्घनमा उनीहरूको संलग्नता हुनुको कारण ती कम्पनीहरूलाई प्रतिबन्धको सूचीमा राखिएको एनएचके वल्र्डले अमेरिकी वाणिज्य विभागलाई उद्धृत गर्दै सम्प्रेषित समाचारमा उल्लेख छ ।

धेरै चिनियाँ कम्पनीहरूले उच्च–प्रबिधि निगरानी प्रणाली प्रस्ताव गरेका कम्पनी पनि अमेरिकाको यो सूचीको हिस्सा भएका छन् । एनएचके वल्र्डले रिपोर्ट गरे अनुसार प्रतिबन्धित यी कम्पनीहरूले चिनियाँ कम्युनिष्ट पार्टी(सीसीपी)को उइगुर र यस क्षेत्रका अन्य जातीय अल्पसंख्यक समुदायबिरूद्ध सामूहिक हिरासत र उच्च प्रविधिको निगरानीको अभियानलाई सक्षम पारेको आरोप अमेरिकाको छ ।

रिपोर्ट अनुसार अमेरिकी वाणिज्य मन्त्री जीना राइमन्डोले अमेरिकी मन्त्रालय सिनच्याङमा मानव अधिकार उल्लङघन गर्ने संस्थालाई लक्षित गर्न कडा र निर्णायक कदम चाल्न प्रतिबद्ध रहेको बताएका छन् ।

बाइडेन प्रशासनले ‘बेइजिङको मानव अधिकार उल्लङ्घन’ बिरूद्ध कडा कदम चालेको एनएचकेले बताएको छ । दुई महिना अगाडि अमेरिकाले पाँच चिनियाँ सौर्य प्यानल कम्पनीहरूलाई सिनच्याङ– उइगुर क्षेत्रमा जबरजस्ती श्रम प्रयोग गरेको आरोप लगाउँदै प्रतिबन्धित सूचीमा जोडेको थियो ।

चिनियाँ सरकारले उक्त आरोपलाई अस्वीकार गर्दै यी प्रतिबन्धहरू झूटा आरोपमा आधारित रहेको बताएको पनि एनएचके वल्र्डद्वारा सम्प्रेषित समाचारमा उल्लेख छ ।

चीनले युगुर मुसलमानहरूलाई असमान व्यवहार नगरेको दावी गर्दै आएको छ । यद्यपि अमेरिकालगायत उसका सहयोगी राष्ट्रहरूले युगुर मुसलमान समुदायलाई शिविरमा सामूहिक हिरासतमा राखेर उनीहरूको धार्मिक गतिविधिमा हस्तक्षेप गरेको र समुदायका सदस्यहरूलाई दुःख दिएको बताउने गरेका छन् ।

अर्कोतर्फ सीसीपीले सिन्च्यिाङमा उइगुरहरूविरुद्ध मानवअधिकार हननका घटना नभएको कुरामा जोड दिँदै कडा शब्दमा अमेरिकी निर्णयको विरोध गरेको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top