लेजर लाइटु प्रकरण : इङ्ल्यान्डलाई ३० हजार युरो जरिबाना

२६ असार ७८, आइतबार

२६ असार, काठमाडौं ।

Advertisement

युरो कप फुटबलको दोस्रो सेमिफाइनलमा डेनमार्कका गोलकिपरलाई समर्थकले लेजर लाइट देखाएको विषयमा युरोपियन फुटबल महासङ्घ (यूईएफए) ले इङ्ल्यान्ड फुटबल एसोसिएशनलाई ३० हजार युरो जरिबाना गरेको छ ।

वेम्बली स्टेडियममा गएको बुधवार रातिको खेलका क्रममा इङ्ल्यान्डका ह्यारी केनले पेनाल्टी प्रहार गर्नुअघि डेनमार्कका गोलकिपर कास्पर इस्माइकलको अनुहारमा पर्ने गरी दर्शकबाट लेजल लाइट बालिएको थियो ।

Advertisement

कास्परले केनले प्रहार गरेको पेनाल्टी रोके पनि रिबाउन्डमा केनले गोल गर्दै इङ्ल्यान्डलाई दुई–एकले जिताएका थिए ।

त्यही घटनालाई लिएर यूईएफएले छानबिन सुरु गरेको थियो । छानबिनमा खेलका क्रममा समर्थकले खेल भावना विपरीत कार्य गरेको पाइएपछि यूईएफएले जरिबाना गरेको हो ।

Advertisement

यस्तै त्यही खेलमा डेनमार्कको राष्ट्रिय गानका क्रममा समर्थकले होहल्ला गरी अशान्ति फैलाउँदै आतिशबाजी पनि गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top