×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

पहिरोकाकारण विस्थापित १७ परिवार विद्यालयमा स्थानान्तरण

१८ असार २०७५

नुवाकोट, असार १८

अविरल वर्षासँगै बगेको पहिरोका कारण यहाँको म्यागङ गाउँपालिका–४ साविक किम्ताङ गाविसको वडा नं ७ का १७ परिवार विस्थापित भएका छन् । पहिरोले ११ रोपनी क्षेत्रफल खेतीयोग्य भूमि बगाउँदै बस्तीतर्फ झरेपछि स्थानीय प्रशासनले उनीहरुलाई आज उद्धार गरी चन्द्रदेवी माध्यमिक विद्यालयमा स्थानान्तरण गरेको हो ।

Advertisement
Advertisement

विसं २०२८ देखि बग्दै गएको पहिरोबाट पीडित किम्ताङबासीलाई यसवर्ष वर्षा शुरु हुनुपूर्व नै बलच्युङ र खरबारीबाट झरेको पहिरोले बस्तीमा क्षति पु¥याएकाले त्यहाँ रहेका १७ घरधुरीका करीब १०० जनालाई सुरक्षित स्थानमा सारिएको गाउँपालिका उपाध्यक्ष शान्ति गुरुङले जानकारी दिए । उनका अनुसार शुक्रबार रातिदेखि बग्न शुरु गरेको पहिरोले खेत बगाएर आइतबार राति बस्तीसम्म पुगेकाले उनीहरुलाई आज विद्यालयमा स्थानान्तरण गरिएको हो ।

पहिरोले घरमा क्षति पु¥याउन थालेपछि गाउँपालिका र वडा कार्यालयको पहलमा पहिरो पीडित सूर्यमान तामाङ, बुद्धे तामाङ, हरिप्रसाद घले, दलबहादुर तामाङ, देसीमायाँ तामाङ, फुलबहादुर तामाङ, धनसिंह तामाङ, सिंकर तामाङलगायतका परिवार विद्यालयमा आश्रित छन् । पहिरोले घरमा क्षति पु¥याएको निमा लामा तामाङ, मोई घले, सोनम तामाङ, आइतराम तामाङ, कमानसिंह तामाङ, आइतमान तामाङ, गंगामायाँ घले, छन्त लामा तामाङ र धनमायाँ घलेको परिवारलाई पनि विद्यालयमा सारिएको छ ।

पीडितलाई गाउँपालिकाबाट खाद्यान्नको व्यवस्था गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मच्छिन्द्रनरसिंह प्याकुरेलले बताए । पहिरोको उच्च जोखिममा रहेका किम्ताङको बस्तीमा वर्षात् शुरु हुनुपूर्व नै पहिरो बग्न थालेपछि बाँकी बस्तीका अन्य परिवार पनि त्रस्त छन् ।

लामो समयदेखि बग्दै गएको पहिरोका कारण साविक किम्ताङ गाविसका ४३० भन्दा बढी घरपरिवार जोखिममा रहेको प्रतिवेदन यसअघि जिल्ला प्रशासन कार्यालयले तयार गरी सुरक्षित स्थानमा स्थानान्तरणका लागि माथिल्लो निकायमा सिफारिस गरेको थियो । नि प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलका अनुुसार पहिरोबाट किम्ताङको वडा नं ५ देखि ९ सम्मका २०० घरपरिवार उच्च जोखिममा रहेकाले जतिसक्दो चाँडो स्थानान्तरण गर्नुपर्ने भएको छ ।

“पहिरोले खेतीयोग्य भूमि बगाएर भित्र्याउन ठिक्क बनाएको मकैबाली र रोप्न शुरु गरेको ११ रोपनी धान खेत बगाएर बस्तीतर्फ लागेको छ ।” उनले भने, “पहिरोको जोखिममा परेका परिवारका लागि स्थानान्तरण गर्न सुरक्षित स्थानको अभाव मुख्य चुनौती बनेको छ ।” पहिरोपीडितलाई चार वर्षअघि स्थानान्तरण गर्न हाल म्यागङ गाउँपालिकाकोे टुडीमैदानमा प्रक्रिया अघि बढाए पनि उनीहरुले विकल्पमा विदुर नगरपालिका–६ स्थित खम्पाक्याम्प हुनुपर्ने अडान राखेका थिए ।टुडीमैदानमा अहिले गाउँपालिकाको कार्यालयलगायतका संरचना बनाउन थालिएको छ ।

पीडितको अडान रहँदै आएको स्थान खम्पाक्याम्पमा पनि कारागार व्यवस्थापन विभागले तीन वर्षअघिदेखि केन्द्रीय कारागार निर्माण शुरु गरेपछि करीब ४५० परिवार स्थानान्तरण गर्न सुरक्षित स्थानको समस्या बनेको छ ।

पीडित बसोबास गर्दै आएको किम्ताङका सबै तामाङ समुदाय र चिसो स्थान भएकाले सुहाउँदो हावापानी तथा सांस्कृतिक एकतासमेत कायम गराउन सहज मानिएको ककनीमा स्थानान्तरणको प्रयास भए पनि त्यसमा उनीहरुले चासो नदिएपछि पहिरोे जोखिम क्षेत्रका बासिन्दा कहाँ लैजाने भन्नेमा स्थानीय प्रशासन अन्योलमा छ ।
रासस

Advertisement

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top