वामदेव गौतम भन्छन् – एमालेमा खुसीको खबर सर्वोच्चको फैसलापछि मात्रै आउँछ

२७ असार, काठमाडौँ ।

नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले प्रतिनिधिसभा विघटनसम्बन्धि सर्वोच्चको फैसलाअघि पार्टीको विवाद समाधान हुने सम्भावना नरहेको बताएका छन्।

राष्ट्रियसभाको विशेष समयमा बोल्दै नेता गौतमले अदालतले फैसला गरेपछि मात्र पार्टी एकीकृत हुने बताएका हुन् । ‘मैले पार्टी गइसकेपछि जे भूमिका निर्वाह गर्छु भनेको थिए त्यो गर्न सकिन ।

एमालेको अन्तरविरोध अन्त्य गर्न दुवै समूहका प्रतिनिधि रहेर कार्यदल बनेको छ। हालै ८ बजे खुसीको खबर आउँदैछ भन्ने थियो।’ उनले भने, ‘त्यो खुसीको खबर सर्वोच्चको निर्णय पछि हुन्छ भन्ने थियो। मेरो भनाई जे भए पनि भरे साँझ नै खुसीको खबर आओस्।’

उनले आफू अहिलेपनि कुनै पनि समूहमा नरहेको स्पष्ट पारेका छन् । उनले भनेका छन् ,‘म एमाले भएकोले बैठकमा गएको हुँ । ओलीले जेठ २ मा फर्केर बोलाएको बैठकमा गएपछि धेरैले वामदेव ओलीतिर गयो भने। तर, कुनै समूहमा म छैन् ।’

अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरू रहेको कार्यदल समस्या समाधानका लागि अहिले पनि सिंहदरबारमा छलफल भैरहेको छ । कार्यदलमा ओलीका तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल र शंकर पोखरेल छन्। यस्तै, नेपालका तर्फबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघुजी पन्त र सुरेन्द्र पाण्डे छन्।

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top