वायु सेवा निगम निजीकरण गर्ने कुनै योजना छैन : मन्त्रालय

२७ असार, काठमाडौं ।

Advertisement

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) लाई निजीकरण गर्ने कुनै योजना नभएको स्पष्ट पारेको छ ।

निगमलाई निजीकरण गर्ने तयारी भइरहेको भन्दै अहिले निगमकै कर्मचारी आन्दोलनमा छन् भने चौतर्फी विरोध पनि भइरहेको छ । तर मन्त्रालयले भने आज आइतवार विज्ञप्ति निकालेर निगमलाई निजीकरण गर्ने र निगमलाई रूपान्तरण गर्ने अहिलेसम्म कुनै योजना र कार्यक्रम नभएका स्पष्ट पारेको छ ।

Advertisement

निजीकरणको प्रक्रियाका बारेमा कुनै छलफल नै नभएको पनि मन्त्रालयले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top