भरुवा बन्दुकसहित २ जना पक्राउ

२६ असार ७८, आइतबार

२७ असार, वाग्लुङ ।

Advertisement

भरुवा बन्दुकसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ।

निसिखोला गाउँपालिका–४ माझपाखा बस्ने सोही गाउँपालिका–३ घर भएका ४० वर्षीय दल बहादुर चन्दलाई धनसारमा लुकाई राखेको १ थान एक नाले भरुवा बन्दुक र बन्दुकमा प्रयोग हुने १२ वटा छर्रा सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

साथै निसिखोला गाउँपालिका–४ थापागाउँ बस्ने ४६ वर्षीय नर बहादुर कुँवरलाई समेत १ थान एक नाले भरुवा बन्दुक सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय झिवाखोला वाग्लुङबाट खटीएको प्रहरीले उनीहरूलाई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरी यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top