अबको तीन दिनसम्म नै पानी पर्छ, त्यसपछि पनि वर्षाको सम्भावना छ–मौसमविद्

२७ असार ७८, सोमबार

२८ असार, काठमाडौं ।

Advertisement

मौसमविद्ले अबको तीन दिन नै पानी पर्ने सम्भावना रहेको बताएका छन् ।

केही दिनयता देशभर पानी परिरहेको छ । यो क्रम तत्काल रोकिने अवस्था नरहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन् । उनका अनुसार लगातार झरी पर्ने सम्भावना भने छैन तर पानी पर्दै रोकिने क्रम भने अझै केही दिन चलिरहने छ ।

Advertisement

बङ्गालको खाडीबाट जलवाष्युक्त हावा नेपाल भित्रिरहेकाले पनि मनसुन थप सक्रिय भएको छ । गएराति प्रदेश–१, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षा भएको छ ।

रुपन्देहीमा एक सय मिलीमिटर पानी परेको छ । यस्तै, डडेल्धुरामा १ सय १० मिलीमिटर, डोटीमा ८८ मिलीमिटर र नवलपरासीमा ९७ मिलीमिटर वर्षा भएको मापन गरिएको छ ।

Advertisement

आज पनि प्रदेश–१, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद् गंगा नगरकोटीले बताएन् । प्रदेश–२, लुम्बिनी र कर्णाली प्रदेशमा भने हल्कादेखि मध्यम खालको वर्षा हुने मौसमविद् नगरकोटीले बताइन् ।

अझै केही दिन पानी पर्ने सम्भावना रहेकाले भिरालो जमिनमा पहिरो जाने र नदी तथा खोला आसपासमा बाढीको जोखिम हुने भएकाले आवश्यक सावधानि अपनाउन मौसमविद्को आग्रह छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top