‘ओलीका सल्लाहकारले गलत व्याख्या गरे, २३ सांसदको हस्ताक्षर कायमै छ’ – माधव नेपाल

२८ असार, काठमाडौँ ।

Advertisement

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको विवाद समाधान गर्न गठित कार्यदलले तयार पारेको १० बुँदे सहमतिप्रति आफ्नो प्रतिक्रिया दिएका छन् ।

सोमबार बिहान सामाजिक सञ्जालमार्फत नेता नेपालले प्रधानमन्त्रीका केपी शर्मा ओलीका प्रेस सल्लाहकारले सहमति विपरित गलत व्याख्या गरेको बताउँदै आफू आफ्नो मान्यता र हस्ताक्षरमा दृढ रहेको स्पष्ट पारेका हुन् । उनले पार्टीका २३ सांसद सर्वोच्च अदालतमा विचाराधीन मुद्धामा २३ सांसदको हस्ताक्षर कायमै रहेको बताएका छन् ।

Advertisement

‘हिजो राती नेकपा (एमाले)को आन्तरिक एकता सम्बन्धमा कार्यदल स्तरमा भएको सहमति र त्यसलाई व्याख्या गर्ने सन्दर्भमा प्रधानमन्त्री तथा पार्टी अध्यक्षका प्रेस सल्लाहकारको फेसबुक स्टाटस सहमति गर्दा भएको छलफलको मर्म विपरित छ ।

यो व्याख्या गलत र अस्वीकार्य छ ।’उनले भनेका छन्, ‘अदालतमा विचाराधिन मुद्दालाई प्रभावित पार्ने वा अदालतको मानहानी गर्ने गरी गरिएको वा गरिने व्याख्या मान्य नहुने कुरा स्पष्ट पार्दै सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा निवेदक रहेका नेकपा (एमाले)का २३ जना सांसदहरू सबै एकसाथ रहेको र आफ्नो मान्यता र हस्ताक्षरमा दृढ रहेको कुरा स्पष्ट पार्दछु ।’

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top