अमेरिकाबाट १५ लाख डोज खोज नेपाल आइपुग्यो

२८ असार ७८, सोमबार
Share this
645shares

२८ असार, काठमाडौं ।
कोभ्याक्स सुविधाअन्तर्गत अमेरिकाले नेपाललाई दिएको जोन्सन एण्ड जोन्सनको १५ लाख डोज खोप काठमाडौं आइपुगेको छ।

Advertisement

अमेरिकी खोप उत्पादक कम्पनीको जोन्सन एण्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप लिएर कतार एयरको जहाज केही बेर अघि काठमाडौं आइपुगेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता देव चन्द्रलाल कर्णले जानकारी दिए।

आज आएको खोप अमेरिकी राजदूत र्‍याण्डी बेरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

Advertisement

अमेरिकामा जोन्सन एण्ड जोन्सन कम्पनीले विकास गरेको यो खोप एक मात्रा लगाए पुग्ने भनिएको छ। जोन्सन एण्ड जोन्स खोप कुन उमेर समूहका लाई दिनेबारे मन्त्रालयले निर्णय गरिसकेको छैन।

अब आउने खोपहरू ६० वर्षभन्दा तल, क्रमैसँग दिँदै जाने मन्त्रालयले जनाएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top