राष्ट्रपति मोइसीको हत्या प्रकरणमा प्रमुख संदिग्ध प्रकाउ : हैटी प्रहरी

२७ असार ७८, सोमबार

२८ असार, काठमाडौं ।

Advertisement

गएको हप्ता हैटीका राष्ट्रपति जोभनेल मोइसीको हत्या प्रकरणका प्रमुख संदिग्ध एक डाक्टरलाई पक्राउ गरिएको त्यहाँको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा ६३ वर्षीय हैटीका नागरिक क्रिस्टियन इम्यानुएल सेनोन हुन् । उनी ‘राजनीतिक उद्देश्य’ साथ गएको जुन महिनाको सुरुवातमा निजी विमानबाट हैटी आएका बताइएको छ ।

Advertisement

यसअघि प्रहरीले गएको ७ जुलाईमा २८ विदेशी भाडाका सैनिकले राष्ट्रपति जोभनेल मोइसीको निवासमा आक्रमण गरेर उनको हत्या गरिएको बताएको थियो ।

त्यस आक्रमणमा मोइसीकी पत्नी मार्टिन मोइसी घाइते भएकी थिइन् र उनकी अमेरिकामा उपचार भइरहेको छ । क्रिस्टियन इम्यानुएल सेनोन पक्राउ परेकोबारे आइतवार बेलुका राजधानी पोर्ट–ओ–प्रिन्समा प्रहरीले सञ्चार माध्यमलाई बताएको हो ।

Advertisement

हैटीका प्रहरी प्रमुख लियोन चार्ल्सले भने, ‘पक्राउ परेका व्यक्ति निजी विमानमा बसेर राजनीतिक उद्देश्यका साथ हैटी आएका थिए । सुरुवाती योजना राष्ट्रपति मोइसीलाई बन्धक बनाउने थियो तर पछि योजनाको उद्देश्य फेरियो ।’

यद्यपि प्रहरी प्रमुख चार्ल्सले आक्रमणकारीको योजनाको बारेमा विस्तृतमा कुनै जानकारी दिएनन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top