सहकार्यबाटै सरकार बन्ने

२९ असार, काठमाडौं ।

पाँच राजनीतिक दल आबद्ध विपक्षी गठबन्धनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सहकार्यबाटै सरकार गठन गर्ने निर्णय गरेको छ ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गर्दै विपक्षी गठबन्धनले प्रधानमन्त्रीमा अघि सारेका देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न अन्तरिम आदेश दिएपछि सोमबार साँझ बसेको विपक्षी गठबन्धनको बैठकले देउवाको नेतृत्वमा सहकार्यबाटै सरकार गठन गर्ने निर्णय गरेको हो ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले विपक्षी दल आबद्ध गठबन्धनको बैठकले सर्वोच्चको फैसलालाई स्वागत गर्दै सबैसँगको सहकार्यबाट नै सरकार गठन गर्ने निर्णय गरेको जानकारी दिए ।

‘बैठकले फैसलाको स्वागत गर्दै सबै दलसँगको सहकार्यबाट नै सरकार गठन गर्न पहल गर्ने निर्णय गरेको छ, संविधान र लोकतन्त्रलाई सर्वोच्च अदालतले बचाएको छ, अब सबै मिलेर अघि बढ्नुपर्छ भन्ने निर्णय हो,’ कांग्रेस वरिष्ठ नेता पौडेलले भने ।

पौडेलले संविधान, लोकतन्त्र र परिवर्तनका पक्षमा उभिने सबैलाई बैठकले धन्यवाद दिएकोसमेत जानकारी दिए । आज सानो मन्त्रिपरिषद् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वमा आज मंगलबार सानो आकारको मन्त्रिपरिषद् बन्नेछ

विपक्षी गठबन्धनमा आबद्ध दलहरूबीच सोमबार साँझ कोटेश्वरमा भएको छलफलको सहमतिअनुसार आज सानो आकारको मन्त्रिपरिषद् बन्ने भएको हो ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले पहिले सानो आकारको मन्त्रिपरिषद् बन्ने जानकारी दिए । ‘पहिले सानो आकारको मन्त्रिपरिषद् बन्छ, नेताहरू छलफलमा नै हुनुहुन्छ, मंगलबार बिहान फेरि बैठक बसेर मन्त्रिपरिषद्बारे टुंगो लगाउँछौं,’ नेता खाँणले भने ।

सर्वोच्च अदालतले दिएको साँझ ५ बजेको समयभित्र सपथ हुने विश्वास कांग्रेससहितका विपक्षी गठबन्धनको रहेको खाँणले बताए । ‘सर्वोच्चको फैसला र आदेशअनुसार नै शपथको कार्यक्रम आउला, ५ बजेभित्र शपथ गर्नू भन्ने सर्वोच्चको आदेश हो, राष्ट्रपति कार्यालयबाट सर्वोच्चको आदेशको पालना हुनेमा हामी ढुक्क छौं,’ नेता खाँणले शपथग्रहणबारेको जिज्ञासामा भने ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top