बंगलादेशबाट आइपुग्यो ५२ हजार टन मल

२९ असार ७८, बुधबार

३० असार, काठमाडौं ।

सरकारले बंगलादेशबाट खरिद गरेको मल नेपाल आइपुगेको छ । नेपाल तथा बंगलादेशका दुई कम्पनीबीचमा ५० हजार टन मल ल्याउने सम्झौता भएको थियो ।
सम्झौता गरेको भन्दा २ हजार टन थप गरेर ५२ हजार टन रासायनिक मल आइपुगेको हो ।

बंगलादेशबाट युरिया मल ल्याउनका लागि नेपाल कृषि सामग्री कम्पनी र बंगलादेशको ‘बंगलादेश केमिकल इन्डस्ट्रिज’बीच सम्झौता भएको थियो । बंगलादेशसँग प्रतिटन २५९.१९५ अमेरिकी डलरमा उक्त परिमाणको मल खरिदको सम्झौता गरेको थियो ।

सम्झौतामा मल थपघट गरेर ल्याउने व्यवस्था भएअनुसार अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य सस्तो भएकाले ५२ हजार खरिद गरिएको कम्पनीले जानकारी दिएको छ । कम्पनीका प्रवक्ता विष्णु पोखरेलले बंगलादेशबाट ५२ हजार मेट्रिक टन मल आइसकेको जानकारी दिए ।

मलको वितरण नियमितरूपमा भइरहेको उनले जानकारी दिए । यो वर्ष समयमा मल आयात गरेकाले मलको अभाव नभएको उनले जानकारी दिए । प्रत्येक वर्ष किसानले मलको अभाव खेप्नुपरेको थियो । यो वर्ष समयमै मल आयात गरिएकाले पनि बजारमा अभाव छैन ।

कम्पनीले सहकारी संस्थामार्फत मल वितरण गरिरहेको जानकारी दिएको छ । अझै कम्पनीसँग १५ हजार मौज्दात रहेको जानकारी दिएको छ । कम्पनीले ४ हजार ७ सय सहकारीमार्फत किसानलाई मल वितरण गरिरहेको छ । धान रोप्ने सिजनका लागि मात्र एक लाख मेट्रिक टन मल आवश्यक पर्छ ।

मुलुकमा वार्षिक ७ लाख मेट्रिक टन आवश्यक पर्नेछ । सरकाले आगामी वर्षका लागि बजेटमा १२ अर्ब रुपैयाँ विनियोजन गरेर करिब ६ लाख टन रासायनिक मल खरिद गर्ने लक्ष्य राखेको छ । अन्तर्राष्ट्रिय मूल्य तीन सय डलर प्रतिटन आसपास रहे पनि सरकारी लक्ष्यअनुसार नै खरिद गर्न सकिन्छ ।

अन्तर्राष्ट्रिय बजारमा यही दरमा मूल्य कायम हुने हो भने १२ अर्बले २ लाख ८५ हजार टनदेखि बढीमा तीन लाख टनमात्रै मल ल्याउन सकिन्छ । यो वर्ष ११ अर्ब रुपैयाँ अनुदान हुँदा साढे ४ लाख टन मल भित्रिएको छ ।

सरकारले समयमा मल आयात गर्न नसक्दा प्रत्येक वर्ष किसानले मलको अभाव खेप्नुपरेको थियो । यो वर्ष समयमै मल आयात गरेकाले पनि धान रोप्ने बेला किसानले सहजै मल पाउन सकेका हुन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top