‘पुस ५ देखि राम्ररी निदाउन सकिएको थिएन, अब निदाउन थालियो’ -बाबुराम भट्टराई

३० असार, काठमाडौँ ।

जनता समाजवादी पार्टी (जसपा)का संघिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले निवर्तमान केपी शर्मा ओली प्रधानमन्त्रीबाट पदमुक्त भए पनि ओलीप्रवृत्ति सबैतिर कायमै रहेको बताएका छन् ।

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृतवको सरकारलाई सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै नेता भट्टराईले अर्धज्ञान र अहंकारको घातक ककटेल हाम्रो संस्कृतिमा ओलीप्रवृत्ति हाबी रहेको बताएका हुन् । देउवा सरकारले यसविरुद्ध लड्नुपर्ने उनको भनाई छ ।

‘ओली विदा भए तर ओलीप्रवृत्ति सबैतिर कायमै छ है! अर्धज्ञान र अहंकारको घातक ककटेल हाम्रो संस्कृति! राज्यदोहन गरेर आसेपासे पोस्ने क्रोनी क्यापिटालिज्म हाम्रो अर्थतन्त्रको मूलप्रवाह! बाहिर राष्ट्रवाद भित्र गुलामी राष्ट्रिय चरित्र! नवगठित २म्भगदबक्जभचदमच सरकारलाई यस विरूद्ध लड्न शुभकामना!’ उनले लेखेका छन् ।

त्यस्तै, उनले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान मर्छ की भन्ने चिन्ताले गत पुस ५ गतेदेखि राम्ररी निदाउन नसकिएको पनि उल्लेख गरेका छन् । अब चाँही निदाउन थालिएको भन्दै उनले सर्वोच्च अदालतका न्यायाधिशहरुलाई धन्यवादसमेत दिएका छन् ।

‘गत पुस५गतेदेखि राम्ररी निदाउन सकिएको थिएन–००७साल ताकाकाद्यए÷एीदेखि जनयुद्ध÷जनआन्दोलन÷मधेसविद्रोहसम्मको हाम्रो पुस्ताले लडेरल्याएको संविधानसभाले बनाएको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान म नमर्दै मर्छ कि भन्ने चिन्ताले!अब निदाउन थालियो!धन्यवाद श्रीमानहरू!!’ उनले भनेका छन् ।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top