द्वन्द्वमा बेपत्ता भएका ३१ जना सकुशल भेटिए

३० असार, काठमाडौं ।
नेपालमा चलेको १० वर्षे सशस्त्र द्वन्द्वमा बेपत्ता भएका ३१ व्यक्ति सकुशल अवस्थामा परिवारको सम्पर्कमा आएका छन् ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले उजुरीको छानबिनका लागि पीडितको परिवारलाई भेट्ने क्रममा ती व्यक्ति परिवारसँग सकुशल अवस्थामा रहेको पाइएको हो ।

‘बेपत्ता व्यक्तिको परिवारसँग भेट्ने क्रममा ३१ व्यक्ति सम्पर्कमा आएका छन्, परिवारसँग सकुशल भेटिएका छन्’, आयोगका अध्यक्ष युवराज सुवेदीले भने, ‘अध्ययन गर्दै जाँदा भेट्ने क्रम जारी छ, अरु पनि भेटिन्छन् भन्ने आयोगलाई विश्वास छ ।’

आयोगले उजुरीको अध्ययन गरी छानबिन गर्न जाने क्रममा हालसम्म भेटिएका बेपत्ता व्यक्तिमा नुवाकोट विदुर नगरपालिका–१२ का लछुमनप्रसाद भट्ट, स्याङ्जा वालिङ नगरपालिका–६ का गोपालप्रसाद अर्याल, कैलाली घोडाघोडी नगरपालिका–१३ का हेमराज जोशी, कञ्चनपुर पुनर्वास नगरपालिका–१० का कृष्णप्रसाद दुलाल र इलाम माइनगरपालिका–७ का चन्द्रबहादुर शाह रहेका छन्।

त्यस्तै झापा कमल गाउँपालिका–१ का भीष्मजङ्ग रायमाझी, चितवन भरतपुर उपमहानगरपालिका–१३ का गङ्गाधर तिमिल्सिना, रुकुमपश्चिम सानीभेरी गाउँपालिका–११ का उमेश विक, दार्चुला नौगाड गाउँपालिका–५ का विक्रमसिंह ठगुन्ना, ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–२ का रोहित भट्टराई, डडेलधुरा परशुराम नगरपालिका–९ का कालुसिंह ठगुन्ना, नवलपरासी (बर्दघाटसुस्ता पश्चिम) रामग्राम नगरपालिका–१५ का केशवप्रसाद उपाध्याय पौडेल र गोरखा नारेश्वर–६ का राजुविक्रम शाह फेला परेका हुन् ।

फेला परेका अन्य व्यक्तिमा मोरङ मिक्लाजुड गाउँपालिका–३ का कुमार सुवेदी, ललितपुर गोदावरी नगरपालिका–१३ का राजकुमार राना, कञ्चनपुर भीमदत्त नगरपालिका–१८ का धनबहादुर दाहाल, बाजुरा खप्तड छेडेदह गाउँपालिका–२ का डबल बुढा र तनहुँ म्याग्दे गाउँपािलका–१ का शिवप्रसाद खनाल रहेका छन् ।

त्यस्तै भोजपुर नगरपालिका–३ का रामकुमार राई, भोजपुर रामप्रसाद राई गाउँपालिका–३ का बबिन राई, सङ्खुवासभा चैनपुर–११ का जगनाथ हेडवा र लक्ष्मीबहादुर बुढा, डोटी शिखर नगरपालिकाका जनक भण्डारी, चितवन रत्ननगर नगरपालिकाका बेनीमाया अधिकारी र रौतहट गौर नगरपालिका–१ का सन्तोष जैसवाल परिवारसँग सकुशल भेएिका हुन् ।

त्यस्तै दैलेख नारायण नगरपालिका–६ का जयाप्रसाद जैशी, स्याङ्जा पुतलीबजार नगरपालिका–२ का टुकबहादुर पौडेल, सल्यान कालिमाटी गाउँपालिका–१ का पहलमान बस्नेत, ताप्लेजुङ मिक्वाखोला गाउँपालिका–१ का नीलबहादुर थापा र सर्लाही बसबरिया गाउँपालिका–३ का हरिमोहन चौधरी परिवारको साथमा भेटिएका छन् ।

नेपालमा विसं २०५२ फागुन १ देखि २०६३ मङ्सिर ५ सम्म चलेको सशस्त्र द्वन्द्वका क्रममा व्यक्ति बेपत्ता पारिएको भनेर आयोगमा उजुरी परेको थियो । सोही उजुरीको अध्ययन गर्ने क्रममा ३१ व्यक्ति फेला पारी हाल परिवारको सम्पर्कमा रहेका छन् ।

आयोगमा परेका तीन हजार २२३ उजुरीमध्ये २३७ उजुरी सत्य निरुपण तथा मेलमिलाप आयोगसँग सम्बन्धित भएकाले त्यहाँ पठाएको थियो । त्यसमध्ये १३१ उजुरी दोहोरो परेको देखिएकाले लगतकट्टा गरिएको थियो ।

साथै २८९ उजुरीमा सशस्त्र द्वन्द्वका क्रममा व्यक्ति बेपत्ता पारेका भन्ने नै आधार प्रमाण नदेखिएकाले तामेलीमा राखिएको थियो ।

आयोगले दुई हजार ४९५ उजुरीमा विस्तृत छानबिन गरिरहेको छ । उजुरीका आधारमा दुई हजार ५१३ व्यक्ति बेपत्ता पारिएको भनी आयोगको तथ्याङ्कमा उल्लेख छ ।

आयोगका अनुसार दुई हजार २७४ उजुरीमा उजुरीकर्ता बुझ्नेलगायतका काम सम्पन्न भएको छ ।

उजुरी परेका ७५ जिल्लामध्ये ७३ जिल्लाको स्थलगत भ्रमण गरी आयोगले अनुसन्धान गरिसकेको छ भने १५ जिल्लाका १८८ परिवारका ५४० जनालाई पीडित परिचयपपत्र वितरणसमेत गरिसकेको छ ।(रासस)

भर्खरको समाचार

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

सम्बन्धित समाचार

Scroll to Top