कोरोनाले खोस्यो गन्धर्वको गाँस

२९ असार ७८, बुधबार

३० असार, काठमाडौं ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को संक्रमणका कारण गरिखाने वर्गको दैनिकी अस्तव्यस्त बन्दै जान थालेको छ ।

आफ्नै घर गाउँमा बेरोजगार भइसकेका विपन्न र मजदुरलाई स्थानीय तह र विभिन्न संघ संस्थाले सहयोग गर्दै आएका भए पनि सारङ्गी बोकेर गाउँशहर डुली गीत गाउँदै जीविकोपार्जन गर्ने गन्धर्वहरुको पेशा नै संकटमा परेको छ ।

सुख–दुःख र घटना–दुर्घटनाका गीत गाउँदै हिँड्ने गन्धर्व समुदायको खाने गाँस समेत खोसिएको छ । म्याग्दीको बेनी नगरपालिका–२ फापरखेतबाट बसाइँ सरी बागलुङको बलेवा गएर पुनः आफ्नै जन्मथलोमा फर्किएका सोमबहादुर गन्धर्व विभिन्न जिल्लाका गाउँबस्तीमा पुगी सारङ्गी रेट्दै गीत गाएर त्यसबाट कमाएको पैसाले साँझ बिहानको गाँस टार्ने गर्थे ।

तर, नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमणको दोस्रो लहरका कारण निषेधाज्ञा जारी भएपछि उनको दैनिकी असहज बन्दै गएको छ । २०३० सालमा २० वर्षको उमेरदेखि सारङ्गी भिरेर विभिन्न जिल्लाका गाउँगाउँमा गीत गाउँदै निस्केका गन्धर्वका छोराछोरी नभएकाले अरुले दिएकै भरमा आफ्नो गुजारा चलेको बताउँछन् ।

देशमा ठूलो राजनीतिक परिवर्तन भए पनि आफ्नो अवस्था भने चार दशक अघिकै जस्तो भएको उनको दुःखेसो छ । खाने गाँस र बस्ने बासको अभावकै कारण कतिपय गन्धर्व आफ्नो पुख्र्यौली पेशाबाट विस्थापित भई वैकल्पिक पेशा अपनाएको समेत उनले बताए ।

कुनै दिन भारतका मुम्बई, गोरखपुर र कोलकत्ताका कोठीमा नेपाली चेली बेचिएको, कतै सासूले बुहारीलाई दुःख दिएको, विदेशमा युद्धमा लड्दालड्दै वीरगति प्राप्त गरेका खबरको बाहक बनेर गाउँघरमा सारङ्गी रेट्ने गन्धर्वहरु कोरोना सङ्क्रमण शुरु हुनुभन्दा अघि फाट्टफुट्ट देखिने गरेकोमा कोरोनाका कारण हिजोआज देखिन छोडेका छन् ।

देश विदेशका घटनालाई लस्के, चाँचरी, मालश्री, मंगला, बारामास, सन्देश, धनसीरा, मल्लार, सरुमैरानी, कला खलेनी, असारेलगायतका भाखामा खबर दिँदै घुम्ने गन्धर्व अहिले गरिबीकै कारण पेशा परिवर्तन गर्न बाध्य भएको उनीहरुको भनाइ छ ।

‘सारङगीको धुनमा घटनाक्रमलाई सिलसिलेवार कलात्मक ढङ्गबाट प्रस्तुत गरिरहँदा चौफेरामा बस्नेको आँखा रसाउँथे,’ बगरफाँटका ८६ वर्षीय बेदप्रसाद उपाध्यायले भने, ‘गीत संगीतको माध्यमबाट सूचना र समाचार बाँड्दै जनतालाई सुसूचित बनाउने गन्धर्वका सारङ्गीको धुन नसुनेको धेरै भयो ।’

सूचना र सञ्चारको पहुचसँगै ग्रामीण क्षेत्रमा समेत पाश्चात्य गीत संगीतको प्रभाव बढ्दै गइरहेको बेला कहिलेकाहीं गाउँघरमा डुल्दै आउने र सारंगी रेटेर विरहका भाका गाउने गन्धर्वले पछिल्लो समय विकास निर्माण, जनप्रतिनिधिप्रतिको निराशा र सामाजिक बेथितिका गीतसमेत गाउन थालेका थिए ।

भर्खरको समाचार

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

सम्बन्धित समाचार

Scroll to Top