काठमाडौं उपत्यकाका सिडिओहरुको बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा

३१ असार, काठमाडौँ ।

काठमाडौं उपत्यकाका जिल्ला प्रमुख अधिकारी (सिडिओ)को बैठक आज बस्दैछ । काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओबीच विहीबार दिउँसो १ बजे संयुक्त रूपमा निषेधाज्ञाबारे छलफल गर्न बैठक बस्न लागेका हुन् ।

काठमाडौं उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ । उपत्यकामा पछिल्लोपटक जारी निषेधाज्ञा आज राति १२ बजे सकिँदै छ । काठमाडौं उपत्यकामा सार्वजनिक यातायात लगायत विभिन्न पसलहरु खुल्न दिए पनि अन्य विभिन्न पेसा व्यवसाय सञ्चालन गर्न अझै रोक लगाइएको छ । यसैबिच बढ्दो कोरोना संक्रमणको जोखिमलाई मध्यनज। गर्दै साउन १५ गतेसम्म निषेधाज्ञाको थप्ने तयारी भइरहेको बताइएको छ ।

त्यस्तै, लामो दुरीका सार्वजनिक यातायातका साधन अझै चल्न दिइएको छैन । आजको बैठकमा लामो दूरीका सार्वजनिक यातायात जोरबिजोर प्रणालीमा चलाउन दिने सम्बन्धमा पनि छलफल हुने बताइएको छ ।

जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाले लामो दूरीका सार्वजनिक सवारीलाई जोर बिजोर प्रणालीमा चलाउन दिने तयारी भएको बताए । हाल काठमाडौं उपत्यकामा सार्वजनिक यातायात जोरबिजोर प्रणालीको नियम हटाइएको छ भने बाहिरबाट आउने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातलाई पनि पासको व्यवस्था गरी उपत्यका भित्रन दिइएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top