चौथो वेभमा प्रवेश गरेको दक्षिण कोरियामा संक्रमितहरु बढ्दै

३० असार ७८, बिहीबार

३१ असार, एजेन्सी ।

दक्षिण कोरियामा कोभिड १९का सङ्क्रमितहरुको संख्या बढ्दै गएको देखिएको छ । यहाँका अधिकारीहरुले गएको शनिबार कोभिड १९ को चौथो वेभको शुरुआत भएको बताएका थिए ।

दक्षिण कोरियाका अधिकारीहरुले बिदएको जानकारीअनुसार यहाँ गएको २४ घन्टायताको तथ्यांक हेर्दा कोभिड १९ का सङ्क्रमितहरु एकै दिनमा धेरै अर्थात् १ हजार ६०० जना भेटिएको बताएका छन् ।

हुनत अघिल्लो दिनको तुलनामा यहाँ १५ जना घटेका छन् । मंगलबार दक्षिण कोरियामा एक हजार ६१५ जना भेटिएका थिए । दक्षिण कोरियाका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको छ महिनापछि एकै पटक यतिधेरै संख्याका संक्रमित पहिलो पटक देखिएका हुन् । यहाँका अधिकारीहरुले दक्षिण कोरियामा गएको दश दिनदेखि निरन्तर रुपमा कम्तीमा पनि एक हजारजना संक्रमितहरु देखिएका हुन् ।

योसँगै दक्षिण कोरियामा कोभिडका संक्रमितको संख्या १ लाख ७३ हजार ५११ जना पुगेको बताइएको छ । यहाँ पछिल्ला केही हप्ता यतादेखि कोभिडका सङ्क्रमितहरुको संख्या बढ्दो देखिएको छ ।

पछिल्ला हप्ताहरुमा यसरी सङ्क्रमितको संख्या बढेपछि दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले यहाँ कोभिडको चौथो वेभ शुरु भएको बताएका हुन् ।

दक्षिण कोरियाको स्वास्थ्य मन्त्रालयले यही जुलाई १ देखि यता देशैभरि सङ्क्रमितको संख्या बढेको बताएको छ । यहाँ पछिल्ला केही दिनयताको देशव्यापी तथ्यांकको हिसाब गर्दा अघिल्ला तीन हप्ताको तुलनामा ५५ प्रतिशत बढी देखिएको छ ।

यही तथ्यांककै आधारमा यहाँका स्वास्थ्य अधिकारीहरुले गत बुधबार नै दक्षिण कोरिया औपचारिक रुपमा नै कोरोना महामारीको चौथो चरणमा प्रवेश गरेको बताएका थिए ।

बुधबार मध्यराति अर्थात् २४ घन्टा यताको गणनामा देखिएका सङ्क्रमतिहरुमा करिब आधाजति त राजधानी सोलकै रहेका पाइएको छ । कोरिया सरकारले यहाँ कोरोना विरुद्धको खोपको अभियानलाई ब्यापक बनाइएको जनाएको छ ।

यहाँ अहिलेसम्म २ हजार ५० जनाको कोभिड सङ्क्रमणकै कारण ज्यान गएको छ । दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुका अनुसार यहाँको मृत्यु दर १.१८ प्रतिशत रहेको पाइएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top