प्रधानमन्त्रीबाट बाहिरिएपछि आनन्द भयो – ओली

२ साउन, काठमाडौँ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधामन्त्रीबाट बाहिरिएपछि आफूले आनन्द महशुस गरेको बताएको छन् ।

भक्तपुरको बालकोटस्थित निवासमा पुगेका जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर टोलीलाई अध्यक्ष ओलीले आफूलाई रिल्याक्स भएको बताएका हुन् ।

‘उहाँले प्रधानमन्त्रीबाट बाहिरिएपछि ठिकै भयो, आनन्द भयो, रेष्ट अनि रिल्याक्स पनि भयो भन्नु भयो’ ओलीलाई उदृत गर्दै भेटपछि बाहिरिएका जसपाका नेता शरतसिंह भण्डारीले जानकारी दिए ।

त्यस्तै, भेटमा एमाले र जसपाबीचको सहकार्य जारी रहने विषयमा पनि छलफल भएको बताइएको छ । अध्यक्ष ओलीसँग जसपा नेताहरुले आगामी संसद अधिवेशन, प्रधानमन्त्रीलाई दिने विश्वासको मतलगायतका विषयमा छलफल गरेका छन् ।

सर्वोच्च अदालतले ओलीलाई पदमुक्त गर्दै परमादेश जारेर अनुसार नयाँ सरकार गठन भएपछि जसपासँग आज पहिलो पटक छलफल भएको हो ।

शनिबार बिहान अध्यक्ष ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिल झा ओली निवास बालकोट पुगेका थिए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top