ओलीले बोलाए एमाले स्थायी कमिटी बैठक, के-के छन् एजेण्डा ?

२ साउन, काठमाडौँ ।

Advertisement

नेकपा एमालेले स्थायी कमिटीको बैठक बोलाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार दिउँसो ११ बजे च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बैठक बोलाएका हुन् ।

एमाले कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार विधान अधिवेशन र ४ गते बस्न लागेको केन्द्रीय कमिटी बैठकबारे एजेण्डा तयको लागि छलफल गर्न स्थायी कमिटीको बैठक बोलाइएको हो । बैठकमा माधव नेपाल पक्षलाई पनि बोलाइएको छ ।

Advertisement

शुक्रबार पनि अध्यक्ष ओलीले स्थायी कमिटी बैठक राखेका थिए । तर, नेपाल पक्षको उपस्थिति बिनै शुक्रबार बसेको बैठकले १० बुँदे सहमतिलाई अनुमोदन गरेको थियो। साथै, कार्यदललाई धन्यवाद दिँदै कार्यदल नै विघटन भएको घोषणा गरेको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top