कांग्रेसको क्रियाशील सदस्यता छानबिनको काम अन्तिम चरणमा

१ साउन ७८, शनिबार

२ साउन, काठमाडौं ।

Advertisement

नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिनको काम अन्तिम चरणमा पुगेको छ । छानबिन समितिका केन्द्रीय सदस्य प्रदीप पौडेलले क्रियाशील सदस्यता छानबिनको काम अन्तिम चरणमा पुगेको बताए ।

जिल्लाबाट पठाएका क्रियाशील सदस्यहरुको फाइल हेरेर छानबिन प्रक्रिया अन्तिम अवस्थामा पुर्याएको उनको दाबी छ । ७७ मध्ये ७५ जिल्लाको काम सकिएको र अबको केही दिनमै बाँकी रहेका केही जिल्ला र क्षेत्रहरुको पनि छानबिन गरेर प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई बुझाउने निर्णय भएको पौडेलले जानकारी दिए ।

Advertisement

पार्टीको १४ औँ महाधिवेशनमा ८ लाख ५२ हजार क्रियाशील सदस्यको प्रवेश भएको उनको भनाइ छ । तर यसमा कतिपय सदस्य उजुरीका आधारमा हट्ने र केही वडामा थपिन पनि सक्ने पौडेलले बताए ।

उनका अनुसार अहिलेसम्म जनसम्पर्क समितिका क्रियाशील सदस्यता नआइसकेकोले ८ लाख ५० हजार क्रियाशील सदस्य कायम हुनसक्ने अनुमान छ ।

Advertisement

छानबिन समितिका सदस्य पौडेलले अबको ३÷४ दिनमा क्रियाशील सदस्यको ’हार्डकपी’ बुझाउने गरी तयारी भैरहेको पनि जानकारी दिए । सहमति र मापदण्ड दुवैबाट नटुंगिएकालाई पदाधिकारीमा पठाइएको र यसरी पठाउने वडाको संख्या ७० भन्दा बढी रहेको नेता पौडेलको भनाइ छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top