हात्तीको आक्रमणबाट मृत्यु

हात्तीको आक्रमणबाट मृत्यु

मोरङ, असार १९

मोरङको बेलबारी नगरपालिका १० लक्ष्मीमार्गमा जंगली हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ।

पूर्व पश्चिम राजमार्ग अन्तरगत भाउन्ने–लक्ष्मीमार्ग सडक खण्ड मर्मत कार्यमा खटिएका मोरङ जहदा गाउँपालिका ४ बस्ने अन्दाजी ५५ वर्षीय रघु महतोको आइतबार राती जंगल नजिकै टेन्टमा सुतीरहेको अवस्थामा हात्तीले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको हो ।

महतोसंगै सुतेका अन्य दुई जना भने भाग्न सफल भएको जनाईएको छ ।

 

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.