मोरङ, असार १९
मोरङको बेलबारी नगरपालिका १० लक्ष्मीमार्गमा जंगली हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ।
पूर्व पश्चिम राजमार्ग अन्तरगत भाउन्ने–लक्ष्मीमार्ग सडक खण्ड मर्मत कार्यमा खटिएका मोरङ जहदा गाउँपालिका ४ बस्ने अन्दाजी ५५ वर्षीय रघु महतोको आइतबार राती जंगल नजिकै टेन्टमा सुतीरहेको अवस्थामा हात्तीले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको हो ।
महतोसंगै सुतेका अन्य दुई जना भने भाग्न सफल भएको जनाईएको छ ।