प्रधानमन्त्री देउवाले कोरोना खोपलाई प्राथमिकता दिइरहन पर्दैन : ओली

४ साउन, काठमाडौं ।

Advertisement

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड खोपलाई प्राथमिकता दिइरहन आवश्यक नरहेको प्रतिक्रिया दिए ।

प्रधानमन्त्री देउवाले विश्वासको मत लिने क्रममा कोभिड खोप लगाउने कामलाई प्राथमिकताका साथ अघि बढाउने बताएका थिए । निवर्तमान प्रधानमन्त्री ओलीले भने सबै नेपालीलाई पुग्ने गरी खोपको आवश्यक व्यवस्था आफू नेतृत्वको अघिल्लो सरकारले नै गरेकाले त्यसलाई प्राथमिकता दिइरहन आवश्यक नरहेको बताएका हुन् ।

Advertisement

ललितपुरको च्यासलमा रहेको तुलसीलाल स्मृति प्रतिष्ठानमा सोमवारदेखि सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकको शुभारम्भमा बोल्दै उनले केही पनि नभएको ठाउँबाट सबै नेपालीलाई लगाउन पुग्ने गरी कोभिड खोपको आवश्यक व्यवस्था आफू नेतृत्वको अघिल्लो सरकारले मिलाएको दाबी गरे ।

उनले भने, ‘केही पनि नभएको ठाउँबाट सबैले कोभिड खोप लगाउन पाउने अवस्थामा पु¥याएका छौँ । दक्ष जनशक्ति, खोप लगाउने केन्द्रहरू र तदअनुसारको प्रबन्ध र सबै नेपालीलाई क्रमशः लगाउने पुग्ने गरी खोपको व्यवस्था गरेका छौँ’, ओलीले भने, ‘अब कसैले प्राथमिकता खोप, खोप, खोप भनेर जोड दिइरहन आवश्यक छैन ।’

Advertisement

अध्यक्ष ओलीले आफू नेतृत्वको अघिल्लो सरकारले बाढी, पहिरो र डुबान पीडितलाई पनि आवाससहित राहतको आवश्यक व्यवस्था मिलाएको दाबी गरे । आफू नेतृत्वको सरकारले देश र नागरिकका लागि गर्व गर्न लायक काम गरे पनि अन्य दलले आफ्नो अस्तित्व रक्षाका लागि त्यसको विरोध गर्नुपरेको उनको तर्क थियो ।

२०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको आफ्नो पार्टीको सरकारले पनि सफलतापूर्वक काम गरेकै कारण प्रतिक्रियावादीहरूले सरकारबाट हटाएको उल्लेख गर्दै ओलीले आफू नेतृत्वको सरकारले पनि राम्रो काम गर्दा गर्दै प्रतिक्रियावादी शक्तिहरूले पार्टीभित्रकै केही महत्त्वकाङ्क्षीलाई प्रयोग गरेर पार्टीलाई नै विभाजन गर्ने षड्यन्त्र गरिरहेको बताए ।

उनले भने ,‘केही राजनीतिक दलले आफ्नो अस्तित्व रक्षाका लागि भए पनि आफू नेतृत्वको सरकारले गरेका राम्रा कामको विरोध गरेका हुन्, अध्यक्ष ओलीले भन्नुभयो, पार्टीभित्रका महत्त्वकाङ्क्षीहरूलाई सु¥याएर आफ्नो पार्टीलाई कमजोर बनाउने काम भइरहेको छ ।’

त्यस अवसरमा उनले आफू नेतृत्वको अघिल्लो सरकारले संविधान, कानुन र लोकतान्त्रिक प्रक्रियाअनुसार देशको समृद्धिको अभियानलाई अघि बढाएको, अन्तराष्ट्रिय सम्बन्धलाई सुदृढ बनाएको दाबीसमेत गरे । ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top