माधव नेपालले १० बुँदे प्रस्ताव नमान्दा र ‘ठाडो कुरा’गर्दा यो अवस्था आयो : प्रवक्ता ज्ञवाली

४ साउन, काठमाडौं ।

नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले १० बुँदे प्रस्ताव नमान्ने र ठाडो कुरा गरेकाले यो अवस्था आएको बताएका छन् ।

आज सोमवार ललितपुरको च्यासलमा रहेको तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा आयोजित पार्टीको १० औँ केन्द्रीय कमिटीको बैठकपछि बोल्दै प्रवक्ता ज्ञवालीले यस्तो बताएका हुन् ।

(माधवकुमार नेपाल) ले तीन वटा कुरामा ठाडो जवाफ दिए । एक, दश बुँदे सहमतिका कैयौँ विषयमा म सहमत छैन । दोस्रो, कांग्रेसलाई विश्वासको मत दिने पूर्व वचनबाट निर्णयबाट म पछि हट्दिनँ । तेस्रो, जुन कमिटीमा म अल्पमतमा छु त्यो कमिटीमा गएर त्यसको संस्थागत निर्णय मान्दिनँ भनेर उहाँ प्रस्तुत हुनुभयो’, ज्ञवालीले भने,

यस्तै उनले पार्टीको केन्द्रीय कमिटी बैठक भोलि मङ्गलवारसम्मका लागि स्थगित भएको बताए । प्रवक्ता ज्ञवालीले आजको बैठकले १० बुँदे प्रस्तावलाई अनुमोदन गर्दै मङ्गलवार दिउँसो ३ बजे फेरि बस्ने गरी बैठक स्थगित गरिएको बताएका हुन् ।

बैठकमा पार्टीभित्र लामो समयदेखि चलेको छलफल, जेठ २३ गते पार्टी अध्यक्षले गरेको आह्वान र असार २८ गते पार्टीले गरेको १० बुँदे प्रस्तावको बारेमा छलफल भएको छ । केन्द्रीय कमिटीको १० औँ बैठक २०७५ जेठ २ को सिलसिलामा जोडेको बताउँदै प्रवक्ता ज्ञवालीले अहिले विकसित भएको घटनाक्रमले नेपालले हाँसिल गरेका अग्रगतिका प्रयासमाथिको एक खालको धक्काको रूपमा पार्टीले लिएको बताए ।

हिजो आइतवार पार्टीका केही सांसदले पार्टी निर्णयको अवज्ञा गर्दै ’फ्लोर क्रस’ गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिए, यो पार्टी अनुशासनको दृष्टि, कम्युनिस्ट आन्दोलनको आदर्शको दृष्टिले नागरिकको भावनाको दृष्टिले सबै दृष्टिले सर्वथा अनुचित छ, प्रवक्ता ज्ञवालीले भने, उहाँहरूको यो कार्य अनुशासनहीन र गलत छ ।

बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो राष्ट्रिय राजनीति घटनाक्रम, विशेष गरेर आइतवार प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने क्रममा संसदभित्र देखिएका परिदृश्य, त्यसले नेकपा एमालेको जीवनमा पारिरहेका प्रभाव, यसका विविध आयामको बारेमा चर्चा गर्नुभएको पनि प्रवक्ता ज्ञवालीले बताए ।

त्यस्तै केन्द्रीय कमिटी बैठकले ’फ्लोर क्रस’ गरेर देउवालाई मत दिने २२ जना सांसदलाई २४ घण्टामा स्पष्टीकरण दिन भनेको छ ।

’फ्लोर क्रस’ गर्ने सांसदले २४ घण्टामा स्पष्टीकरण दिनुपर्छ, अहिले स्पष्टीकरण मागिएको हो, यदि आएन भने र उहाँहरूले दिएको स्पष्टीकरणको आधारमा पार्टीले कारबाही गर्छ, प्रवक्ता ज्ञवालीले भने, १० बुँदे सहमतिले आफ्नो सरकार ढालेर अर्को पार्टीलाई मत देऊ, पार्टीको ह्विप उल्लङ्घन गर भन्दैन, पार्टीलाई एकत्रित बनाउँछ ।

यस्तै प्रवक्ता ज्ञवालीले नेता भीम रावलले सांसद पदबाट राजीनामा दिन आवश्यक नरहेको बताए ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top