अर्थ मन्त्रालयलाई पुनर्संरचना गर्ने अर्थमन्त्री शर्माको योजना

८ साउन ७८, शनिबार

८ साउन, काठमाडौँ ।
अर्थमन्त्री जनार्दन शर्माले संसदमा टेवुल गरिएको अध्यादेश टुंगो नलगाई अर्थ मन्त्रालयको कामले गति लिन नसक्ने स्पष्ट पारेका छन् । अर्थमन्त्री शर्माले आर्थिक अध्यादेश संसदबाट टुंगो लगाएर मात्रै अर्थ मन्त्रालयको कामलाई प्रभावकारी ढंगले अघि बढाउन सकिने बताएका हुन् ।

शुक्रबार अर्थ मन्त्रालयमा आयोजित नेपाल आर्थिक पत्रकार समाज (सेजन)का पदाधिकारी तथा पूर्व पदाधिकारीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भने, “संसदमा मैले अध्यादेश टेवुल गरिसकेको छु । संसदले एक ढंगले त्यो टुंगो लगाउँला । त्यो टुंगिएपछि मात्र अर्थ मन्त्रालय प्रभावकारी रुपमा अघि बढन सक्ने अवस्था आउनेछ ।”

व्यवसायहरु धरासायी अवस्था रहेको उल्लेख गर्दै अर्थमन्त्री शर्माले त्यसका जटिलताहरुलाई हटाएर अघि बढनुपर्ने अवस्था रहेको बताए । उनले वित्तिय तथा आर्थिक अनुशासनको संकट हल गर्नुपर्ने, नीति निर्माणको तहमा उठेका प्रश्नहरुको जवाफ दिनुपर्ने चुनौति आफूमाझ रहेको पनि स्पष्ट पारे । अर्थमन्त्री शर्माले बजेट हुने योजना नहुने, योजना हुने बजेट नहुने अवस्था अन्त्य गर्नुपर्नेमा पनि आफू सचेत रहेको बताए ।

अर्थमन्त्री शर्माले मुलुकको अर्थतन्त्रको यथार्थता चित्रण आम नेपाली जनतालाई जानकारी गराउने पनि दोहो¥याए । उनले मन्त्रालय जनतालाई सहजीकरण गर्ने निकायजस्तो नभएकोमा असन्तुष्टि व्यक्त गर्दै गरी त्यसलाई पुनर्संरचना गरेर अघि बढने योजना पनि सार्वजनिक गरे । अर्थमन्त्री शर्माले भने, “मन्त्रालय भनेको जनतालाई सहजीकरण गर्ने निकाय जस्तो हुनुपर्नेमा आफ्नै संरचनाहरुमा जेलिएको अवस्थामा छ । यस्तो अवस्थामा मन्त्रालय भित्रै पुनर्संरचना गरेर अघि बढनुपर्नेछ ।”

अर्थमन्त्री शर्माले मन्त्रालयका सबै कामलाई पारदर्शी ढंगले अघि बढाउने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो । कार्यक्रममा सेजनका पदाधिकारीहरुले कोरोनाका कारण थिलथिलो बन्न पुगेको अर्थतन्त्रलाई पुनर्जीवन दिने कामका पहल गर्न मन्त्री शर्मालाई सुझाव दिएका थिए । लक्षित समूदायलाई लाभ हुने गरी पूँजीगत खर्च गर्ने, रोजगारीको अवसर वृद्धि गर्नेलगायतका काम गरी कोरोनाले थिलथिलो बनाएको अर्थतन्त्रलाई पुनर्जीवन दिने काममा विशेष पहल गर्न मन्त्री शर्मालाई सुझाव दिइएको सेजनका अध्यक्ष भीम गौैतमले जानकारी दिए ।

सेजनले स्रोत सुनिश्चित भएको योजनाहरुलाई अघि बढाउन जोड दिन पनि सरकारलाई आग्रह गर्दै आएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top