तोकिएकै मितिमा महाधिवेशन गरेर पार्टीको वैधानिकता जोगाउन पौडेलको आह्वान

९ साउन ७८, शनिबार

९ साउन, काठमाडौँ ।
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको आसन्न १४ औं महाधिवेशन तोकिएकै मितिमा सम्पन्न गर्ने काममा कटिवद्ध भएर लाग्न सिंगो पार्टी पंक्तिलाई आह्वान गरेका छन् । भदौं १६–१९ भित्र महाधिवेशन सम्पन्न नगरे पार्टीको बैधानिकता खारेजतर्फ सचेत गराउँदै उनले त्यसमा कटिवद्ध भएर लाग्न पार्टी पंक्तिलाई अनुरोध गरेका हुन् ।

Advertisement

शुक्रबार पार्टीका केन्दिय सदस्य गुरु घिमिरेद्धारा लिखित कविता संग्रह ‘मृत्यसँगको साक्षात्कार’को बिमोचन गर्दै उनले समयमै महाधिवेशन सम्पन्न गरेर पार्टीको बैधानिकता जोगाउन पार्टीको केन्द्रिय कार्य समितिको निर्वाचन र प्रदेश समितिको मात्रैै निर्वाचन गराउन उपयुक्त हुने प्रस्ताव समेत अघि सारे । पार्टीको बैधानिकतालाई जोगाउन यसो गरेर अघि बढनु बाध्यकारी अवस्था रहेको वरिष्ठ नेता पौैडलको तर्क थियो । उनले भने “हामी यत्रो ठूलो गौरवशाली पार्टीको दर्ता खारेज हुने रिस्क मोल्न तयार छैनौं । पार्टीको बैधानिकतालाई जोगाउनका लागि केन्द्रिय समितिको निर्वाचन र प्रदेश समितिको निर्वाचन गराऔं । यसका लागि तत्काल यो क्रियाशील सदस्यता टुंगो लगाऔं । महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधि चुनिनु प¥यो । यसो गरेर भएपनि हाम्रो पार्टीको बैधानिकता बचाउनका लागि कटिवद्ध भएर लाग्न पार्टीका नेता, कार्यकर्तालाई आह्वान गर्दछु ।”

वरिष्ठ नेता पौडेलले शुक्रबार विहान बसेको पार्टीको पदाधिकारी तथा पूर्व पदाधिकारी बैैठकमा सभापति शेरबहादुर देउवा र आफूले समेत तोकिएकै मितिमा पार्टीको १४ औं महाधिवेशन सम्पन्न गरेर जानुपर्नेमा जोड दिएको पनि स्मरण गराए । त्यसका लागि केन्द्रिय कार्य समिति र प्रदेश निर्वाचन समितिको मात्रै निर्वाचन गरेर महाधिवेशन सम्पन्न गर्न सकिने उनको प्रस्ताव छ । फरक प्रसंगमा वरिष्ठ नेता पौडेलले राजनीति र साहित्यलाई सँगैै अघि बढाएर सफलता प्राप्त गर्न निकै ठूलो साधनाको आवश्यक्ता रहेको पनि बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top